आइतबार, वैशाख २३ गते २०८१    
images
images

कैलालीका केराखेतीमा देखियो पानामा रोगको संक्रमण

images
images
images
कैलालीका केराखेतीमा देखियो पानामा रोगको संक्रमण

लाखौँ लगानी गरेर गरिएको खेतीमा संक्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा छ।

images
images

भजनी- कैलालीको टीकापुर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि केरा किसान चिन्तित बनेका छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान टोलीले केराबारीबाट लिएको नमुनाको ल्याब परीक्षणका क्रममा केराखेतीमा पानामा रोगको संक्रमण पुष्टि भएपछि किसान चिन्तित बनेका हुन्।

images
images
images

टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धमा छलफल गर्न गत साउन १० गते टीकापुर आएको नार्कको टोलीले नौ वटा केराबारीको अवलोकन गरेको थियो। राष्ट्रियबाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्कासहित सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायका उपप्राध्यापक सन्तोष उपाध्याय र आशिष घिमिरले करिब आठ हजार केराका बोटको प्रत्यक्ष अवलोकन गरेका थिए।

images

अवलोकनका क्रममा ‘पानामा विल्ट’सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी प्रयोगशाला परीक्षण (कल्चर) गर्दा ‘फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि’नामका बीजाणु भेटिएको रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काले जानकारी दिए। 'प्राइमर राखी पीसीआर गर्दा पोजेटिभ देखिएपछि पीसीआर प्रोडक्टलाई हङकङस्थित बेइजिङ जिनोमिक इन्स्टिच्युटमा परीक्षण गर्दा यसमा ‘ट्रोपिकल रेस टिआर चार’ भएको पुष्टि भएको थियो', उनले भने।

images

अहिले ग्रिन हाउसमा तीन भिन्नभिन्न जातका केराका बोटलाई कृत्रिम रूपमा राखेर यसको लक्षण तथा विकासक्रमलाई अध्ययन गरिरहेको डा खड्काले बताए। 'हामीले अहिले पनि अध्ययन गरिरहेका छौँ। त्यसको अनुसन्धानका लागि तीन सदस्यीय समिति पनि बनिसकेको छ', उनले भने, 'त्यो बेला केही बारीको मात्रै नमुना ल्याएका थियौँ, अब सबै बारीको नमुनाको परीक्षण गरेपछि त्यसको नतिजा अनुसार अगाडि बढ्नुपर्छ।'

images
images

केरा व्यवसायी महासंघ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातीको रोग पुष्टि भएपछि किसान चिन्तित बनेका बताए। उनले लाखौँ लगानी गरेर गरिएको खेतीमा संक्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने चिन्तामा किसान रहेका उनको भनाइ थियो।

'रोग पुष्टि भएपछि हामीले सबै किसानलाई सँगै राखेर सम्बन्धित निकायसँग छलफल चलाएका छौँ', धामीले भने, 'छलफलबाट कस्तो निर्णय आउँछ, त्यसैअनुसार अगाडि बढ्छौँ।' उनका अनुसार कैलालीमा करिब सात सय हेक्टरमा केराखेती हुँदै आएको छ। त्यसमध्ये टीकापुर क्षेत्रमा मात्रै पाँच सयभन्दा बढी हेक्टरमा केराखेती हुँदै आएको छ। यहाँ तीन सय भन्दा बढी किसान व्यावसायिक केरा खेतीमा आबद्ध छन्।

केरा व्यवसायी खेमप्रसाद ढुंगानाले केरामा देखिएको रोगका कारण किसानलाई चिन्तित बनाएको बताए। केरामा राम्रो आम्दानी देखेर लाखौँ खर्च गरेर भरखरै व्यवसाय सुरु गरेका किसान बढी चिन्तित देखिएको उनको भनाइ थियो। उनका अनुसार किसानले एक बिघादेखि एक सय बिघासम्म केरा खेती गर्दै आएका छन्।

'बारीमा पानामा रोगको संक्रमण देखिएको विज्ञशरुले बताएका छन्', ढुंगानाले भने, 'यदी संक्रमण सबै ठाउँ फैलियो र राज्यबाट उचित राहत प्याकेज नआउने हो भने कोही पनि किसान उठ्नसक्ने स्थितिको रहने छैन।'

टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले केही किसानले केरामा समस्या देखिन थालेको भन्ने बताएपछि नार्कको टोली यहाँ आएको समयमा केराखेतीको अवलोकनका साथै नमुना परीक्षण गराइएको बताए। 'केरामा रोग लागेको शंकामा नमुना लिइएको हो', उनले भने, 'हाम्रा लागि निकै ठूलो चिन्ताको विषय बनेको छ। किसानलाई सचेत हुन आग्रह गरेका छौँ। मातहतका क्षेत्रलाई अनुसन्धानका लागि निर्देशन दिने काम पनि गरिसकेका छौँ।'

रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख कलशराम चौधरीले केरामा देखिएको पानामा रोगको संक्रमणले किसान केरा खेतीबाट विस्थापित हुने अवस्था आएको बताए। उनले आयोजनाले केरा खेतीका लागि सिँचाइको क्षेत्रमा ठूलो लगानी गरेको जनाउँदै रोगको न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल चलाइएको बताए।

'नमुना परीक्षणले रोग पुष्टि भइसकेको छ। अब यसलाई अन्य ठाउँमा फैलिन नदिनका लागि किसानलाई सचेत गराउने काम सुरु गरेका छौँ', प्रमुख चौधरीले भने, 'सम्बन्धित निकायसाग रोग नियन्त्रणका लागि पहल गरिदिन छलफल चलाएका छौँ। छलफलबाट आएको निष्कर्ष अनुसार अगाडि बढ्नेछौँ।' उनका अनुसार आयोजनाले वार्षिक करोडौँ रकम केराखेती विस्तारका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ। 

के हो पानामा रोग?

पानामा रोग केरा खेतीमा लाग्ने एक प्रकारको संक्रामक रोग हो। यो रोग पहिलो पटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो। यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुन्छ। त्यसपछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिन्छन् । थाम ठाडो चिरेरभित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिन्छ। जराहरू कालो हुन्छन् र सड्छन्, जसले गर्दा पानामा ओइलाउने रोग लगाउने ढुसी केरामा प्रवेश गर्न सहयोग पुग्दछ।

संक्रमण देखिएको बारीबाट अर्को बारीमा जाँदा जुत्ता, चप्पलमा लागेर गएको माटोले अर्को बारीमा पनि संक्रमण फैलिने खतरा हुने विज्ञहरु बताउँछन्। संक्रमण देखिएको केराबारीमा प्रयोग भएको औजार, सवारीसाधनको चक्का, मानिसको चपपल वा खुट्टाबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने परिषद्का कृषि वैज्ञानिक खड्काले बताए।

रोगको संक्रमणबाट बच्नको लागि बारीमा जाँदा हात र खुट्टामा प्लास्टिकको प्रयोग गर्ने, औजारको प्रयोग गर्दा सेनिटाइजरले निर्मुलिकरण गर्ने, सकेसम्म एउटा बारीमा गएको सवारीसाधनलाई अर्को बारीमा जानबाट रोक लगाउनेलगायत उपाय अपनाउन सकिने उनको भनाइ थियो।

बर्खाको समयमा रोगको संक्रमण देखिएकाले जोखिम बढी हुने खड्काले बताए। 'यो रोग पानीबाट पनि सर्छ। केरा व्यापारी एक बारीबाट अर्को बारी आवतजावत गर्दा हिलोका कारण संक्रमण थप फैलिन सक्छ', उनले भने।

केरामा पानामा रोगको पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलगायतको टोलीले पनि केही शंकास्पद केराबारीको अवलोकन गरेका थिए। रासस

images

प्रकाशित : बिहीबार , भदौ ७ २०८०१२:१५

प्रतिक्रिया दिनुहोस