काठमाडौं- वाणिज्य बैंकहरुको ब्याजका विषयमा विभिन्न तर्क वितर्क भइरहेका वेला विकास बैंकहरुले ब्याजमा भद्र सहमती गरेका छन्।
विकास बैंकर्स संघले क्षेत्रीय स्तरको र राष्ट्रिय स्तरको विकास बैंकहरुलाई छुट्टाछुट्टै ब्याज निर्धारण गरेका छन्। तर सबैले एउटै ब्याज प्रकाशित गर्ने भएका हुन्।
राष्ट्रिय स्तरका विकास बैंकले १०.२५ प्रतिशत ब्याज निर्धारण गर्ने भएका छन् भने क्षेत्रीयस्तरकाले १०.३० प्रतिशत निर्धारण गर्ने भएका छन्।