बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

फोरजीको विस्तार तीव्र, फिक्स्ड ब्रोडब्यान्डको पनि बढ्दैछ पहुँच 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ७ २०८०
images
images
फोरजीको विस्तार तीव्र, फिक्स्ड ब्रोडब्यान्डको पनि बढ्दैछ पहुँच 

थ्रीजी प्रयोगकर्ता भने पछिल्लो एक वर्षमा घटेका छन्। प्राधिकरणको तथ्यांक अनुसार १ करोड १ लाखबाट घटेर ७७ लाखमा सीमित भएका छन्। 

images
images

काठमाडौं- नेपाली बजारमा तीव्र गतिको इन्टरनेट विस्तार तीव्र बनेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार मोबाइलमा फोरजी प्रयोगकर्ताको संख्या तीव्र रुपमा बढेको छ भने फिक्स्ड ब्रोडब्यान्डमा पुहँच हुनेहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। 

images
images

पछिल्लो एक वर्षमा फोरजी प्रयोगकर्ताको संख्या १३ लाख बढेका छन्। २०७९ को जेठमा १ करोड ८४ लाख फोरजी प्रयोगकर्ता रहेकोमा २०८० को बैशाखमा १ करोड ९७ लाख पुगेका छन्। 

images
images

एक वर्षमा नेपाल टेलिकमका फोरजी ग्राहक १२.५१ प्रतिशतले बढेका छन्। २०७९ सालको जेठमा १ करोड १२ लाख ६८ हजार ६६३ रहेका थिए। जुन २०८० को बैशाखमा १ करोड २६ लाख ७९ हजार १८ पुगेका छन्। 

images
images

त्यस्तै एनसेलका फोरजी ग्राहक भने सामान्य वृद्धि भएको छ। अर्थात् एक वर्षमा १ लाख ग्राहक थपिएका छन्। २०७९ को जेठमा ७० लाख रहेकोमा यो बैशाखसम्म ७१ लाख पुगेका छन्। 

थ्रीजी प्रयोगकर्ता भने पछिल्लो एक वर्षमा घटेका छन्। प्राधिकरणको तथ्यांक अनुसार १ करोड १ लाखबाट घटेर ७७ लाखमा सीमित भएका छन्। 

वायरबाट जाने इन्टरनेट प्रयोगकर्ताको संख्या भने यो बीचमा वृद्धि भएको छ। गत वर्ष ८८ लाख रहेकोमा यो वर्ष १ करोड १३ लाख पुगेको छ। यो आँकडा एक कनेक्सनमा पाँच प्रयोगकर्ता हुन्छन् भन्ने अनुमानमा आधारित हो। 

द्रुत गतिको इन्टरनेटको तीव्र विस्तार हुनुमा स्मार्टफोनको पहुँचमा वृद्धि, पूर्वाधार निर्माणका लागि सरकारले अघि बढाएका परियोजना र दूरसञ्चार कम्पनीको सेवा विस्तारको योगदान रहेको छ। 

नेपालमा मोबाइलफोन प्रयोग गर्ने उपभोक्तामध्ये दुई तिहाइको हातमा स्मार्टफोन रहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनअनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये ७० प्रतिशत बढीले स्मार्टफोन प्रयोग गरिरहेका छन्। मोबाइल सेवाप्रदायकहरूको नेटवर्कमा आवद्ध डिभाइसहरूको तथ्यांकका आधारमा प्राधिकरणले यस्तो तथ्यांक निकालेको हो। प्राधिकरणका अनुसार ७० प्रतिशत बढी स्मार्टफोन प्रयोगमा छन् भने २९ प्रतिशत बारफोन रहेका छन्। 

इन्टरनेट सपोर्ट गर्ने मोबाइलफोन बोक्ने प्रयोगकर्ताहरूको यस्तो संख्या प्रत्येक वर्ष बढ्दै गएको छ। पछिल्लो समय फोरजी सपोर्ट गर्ने स्मार्टफोनको पहुँच बढेको र सेवाप्रदायकले पनि सोही अनुसारको नेटवर्क विस्तार गरिरहेकाले ग्राहक संख्या बढ्दै गएका छन्। 

त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड सेवाको विस्तारमा सरकारी योजनाको पनि हात रहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक स्थानीय तहका वडा तह, विद्यालय र स्वास्थ्य संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पूर्वाधार विस्तार गरेको छ। 


प्रकाशित : बिहीबार , भदौ ७ २०८००४:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend