सोमबार, वैशाख १७ गते २०८१    
images
images

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान पुर्‍याएबापत एनसेललाई सम्मान

images
images
images
अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान पुर्‍याएबापत एनसेललाई सम्मान

मंलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसा पत्र प्रदान गरेका थिए।

images
images

काठमाडौं- नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ।

images
images
images

कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्यांकनस्वरुप प्रशंसा पत्र प्रदान गरको हो।

images

मंलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसा पत्र प्रदान गरेका थिए।

images

एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई कानूनबमोजिम आवश्यक सहयोग प्रदान गर्दै आएको छ। एनसेलले सुरक्षित समुदाय र समाज विकासमा सहयोग पुर्‍याउँदै आएको छ।

images
images

एनसेलले ‘यो सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको’ बताएको छ। नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो।

images

प्रकाशित : बुधबार, भदौ ६ २०८०१२:३६

प्रतिक्रिया दिनुहोस