शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

टाटा मोटर्सको बहुउपयोगी विङगरको ‘बीएस-६’ भर्सन सार्वजनिक हुँदै 

images
images
images
टाटा मोटर्सको बहुउपयोगी विङगरको ‘बीएस-६’ भर्सन सार्वजनिक हुँदै 

बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा टाटाको नयाँ विङगर उपयोगी हुने विश्वास सिप्रदीको म्याजिक तथा विङगर विभागका बरिष्ठ उपप्रबन्धक इन्द्रमणी पोखरेलले बताए।

images
images

काठमाडौं- भारतको सबैभन्दा ठूलो व्यापारिक सवारीसाधन निर्माता टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ विङगरको नयाँ भर्सन ल्याउने भएको छ। कम्पनीले बहुउपयोगी विङगरको बीएस-६ भर्सन भित्र्याउन लागेको हो। 

images
images
images

बढ्दो रुट एप्लिकेसन, स्कुल, टुर र ट्राभलका ग्राहकलाई लक्षित गरेर नयाँ उत्पादन ‘विङगर बीएस-६ माइक्रो तथा मिनीबस’ सार्वजनिक गर्न लागेको छ। करिब ४० लाख रुपैयाँ मूल्य पर्ने अनुमान गरिएको नयाँ विङगर काठमाडौं, इटहरी, बुटवल, पोखरा, धनगढीलगायत बजारमा चरणवद्ध रुपमा सार्वजनिक गर्ने जनाएको छ। 

images

बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा टाटाको नयाँ विङगर उपयोगी हुने विश्वास सिप्रदीको म्याजिक तथा विङगर विभागका बरिष्ठ उपप्रबन्धक इन्द्रमणी पोखरेलले बताए।

images

‘बीएस-६ कम्पलायन्टयुक्त नयाँ विङगरले प्रदूषण कम गर्ने र मध्यम आकारको भएकाले यो बस सहरी तथा मध्यम दूरिकको यात्राका लागि उपयोगी हुनेछ,’ उनले भने, ‘स्कुल, रुट एप्लिकेसन, टुर र ट्राभल अपरेटरहरुका लागि उत्पादन कार्यसम्पादन र इन्धनको क्षमताको बढ्दो आवश्यकतालाई नयाँ विङगरले सम्बोधन गर्नेछ।’

images
images

यसले स्टाइल, फराकिलो स्थान, आराम र सुरक्षामा कुनै सम्झौता नभएको उनको भनाइ छ। टाटा मोटर्ससँग सिप्रदीको सम्बन्ध १९८२ देखिको हो। यी वर्षहरूमा, टाटा मोटर्सले नेपाली बजारमा टाटाका उत्कृष्ट उत्पादन उपलब्ध हुँदै आएको पोखरेलले बताए। 

‘हामीले टाटा विङगर बीएस-६ लाई देशका विभिन्न स्थानहरुमा कठिन र निरन्तर परीक्षण पश्चात पूर्णक्षमतामा नेपालको पूर्वदेखी पश्चिमसम्म र पुनः पश्चिम उत्तरी पहाडी क्षेत्रमा पनि परीक्षण गर्ने छौं,’ उनले भने, ‘यो उत्पादनले यसको तेज र चुस्ततालाई प्रमाणित गरी हाम्रो अविश्वसनीय सडकका लागि उपयुक्त बन्ने छ।’ आकर्षक मूल्यमा विकसित विशेषतासहित टाटा विङगर बीएस-६ रेन्जलाई उपभोक्ताले मनपराउने विश्वास कम्पनीको छ। 

बसहरु नचल्ने साँघुरो सडकमा आरामदायी यात्राको बढ्दो मागलाई सम्बोधन गर्नका लागि टाटा विङगर भ्यानले देशको अन्तिम माइलको यात्रुको मागलाई बढावा दिँदै देशभर उद्यमशीलता विकास जारी राख्ने अपेक्षा सिप्रदीले गरेको पोखरेलले बताए। 

विङगर बीएस-६ को विशेषता 

टाटा विङगर ४९ सय २० देखि ५४ सय ५८ एमएम लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ। जसले सवारीलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ। १५ सय १७ देखि १९ सय एमएम र ६.३ इन्चसम्मको आन्तरिक उचाईले यात्रुको चाललाई सजिलो बनाउन मदत गर्दछ। लामो दूरीको यात्राका लागि विङगरमा पर्याप्त समान राख्ने स्पेस उपलब्छ छ। 

अधिकतम कार्यसम्पादन र किफायती इन्धन खपत गर्नेगरि विङगर बीएस-६ रेन्जमा टाटा मोटर्सको २.२ लिटरको डाइकर इन्जिन छ। यो इन्जिनले १ सय हर्सपावरको शक्ति र २ सय एनएमको फ्ल्याट टर्क दिन्छ। यो गाडीले कम आरपीएममा पनि धेरै तान्ने क्षमता सुनिश्चित गर्ने दाबी कम्पनीको छ। 

tata winger 1.jpg

नयाँ विङगर १४, १६ र १९ सिट क्षमतामा उपलब्ध छ भने यसमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम छ। जसले राम्रो गतिशीलता र उच्चतम आराम दिने कम्पनीले जनाएको छ। टाटा विङगरमा अगाडिको एक्सेल ड्राइभ छ जसले कारको जस्तो कम ध्वनी, कम्पन (एनभीएच) दिन्छ। अगाडिको एक्सेलले कम वजन, राम्रो संकर्षण प्रदान गर्दै ट्रान्समिसन नोक्सानी घटेको सुनिश्चितता गरेको दाबी कम्पनीको छ। 

विङगर बीएस-६ मा आरामदायी फिक्स तथा पछाडि धकेल्ने बक्स सिटहरु, ३ टन क्षमताको वातानुकुलीत भेन्ट, यूएसबी चार्जिङ प्वाइन्ट उपलब्ध छ। साथै, विङगरको मोनोकक बडी निर्माणले कारजस्तै कम मात्राको ध्वनी, कम्पन(एनभीएच) कम अनुभुत हुनेछ। 

अगाडिको सस्पेन्सन र हाइड्रोलिक शक एब्जर्वरसहितको एन्टिरोल बारले नझ्याक्ने यात्रा गराउने छ। विङगर बीएस-६ मा अत्याधुनिक एबीएस ब्रेकले सुरक्षीत यात्रामा सहयोगी हुने कम्पनीको भनाइ छ। 

नयाँ टाटा विङगरमा ३ वर्ष वा ३ लाख किलोमिटर (जुन अगाडि हुन्छ) वारेन्टी दिने योजना सिप्रदीले बनाएको छ। कम्पनीले विङगर बीएस-६ अबको केही समयमा सार्वजनिक गर्ने जनाएको छ। 

टाटा मोटर्स ‘नेक्स्ट जेन’ ग्राहकहरुको कल्पनामा साथ दिने गरी नयाँ उत्पादनहरु ल्याउन लागि परेको छ। यसलाई भारत, बेलायत, इटाली र कोरियामा रहेका कला डिजाइन र आरएण्डडी केन्द्रहरुले विकसित प्रविधि र नवीता ल्याउन सहयोग गरिरहेका छन्। 

अन्तर्राष्ट्रिय रूपमा टाटाको व्यापारिक र प्यासेन्जर सवारीसाधन युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, सीआइएस र रसियाली बजारमा उपलब्ध हुँदै आएको छ। 

सिप्रदीले टाटा मोटर्सको व्यापारिकका साथै प्यासेन्जर सवारीसाधनको बिक्री, सेवा तथा स्पेयर पार्ट्सलगायत सर्भिस उपलब्ध गराउँदै आइरहेको छ। देशभर २७ वटा बिक्री कार्यालय र व्यापारिक सवारीसाधनका लागि ५७ वटा सेवा केन्द्रबाट उपभोक्तालाई सेवा उपलब्ध गराउँदै आएको छ। 

images

प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend