बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक हुने, २०२६ सम्म १२ खर्ब लगानी भित्र्याउने लक्ष्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक हुने, २०२६ सम्म १२ खर्ब लगानी भित्र्याउने लक्ष्य

लगानी बोर्डले रणनीतिक योजना सार्वजनिक गर्ने भएको छ। बोर्डले मनाउने दशौँ वार्षिक उत्सवमा पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८-८२) सार्वजनिक हुने भएको हो।

काठमाडौं- लगानी बोर्डले रणनीतिक योजना सार्वजनिक गर्ने भएको छ। बोर्डले मनाउने दशौँ वार्षिक उत्सवमा पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८-८२) सार्वजनिक हुने भएको हो।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट उक्त रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुकसमेत सार्वजनिक हुने भएको छ।

कोभिड १९ को महामारीपछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोड दिइरहेको सन्दर्भमा 'नेपालमा दिगो पूर्वाधारको विकास' विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र संचालन हुने बाेर्डले जनाएको छ।

यस सत्रको छलफलबाट नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्थाहरु, लगानीका अवसरहरु तथा चुनौति एवम् सार्वजनिक-निजी साझेदारी लगायत परियोजना विकासका संयन्त्रहरु र आपसी सहकार्यका सम्भावनाहरु पहिचान गर्ने अवसर प्राप्त हुने आशा गरिएको छ।

त्यसैगरी, अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा 'नेपालको आर्थिक विकासका लागि सार्वजनिक-निजी साझेदारीको विकास र व्यबस्थापन ' दोस्रो सत्र संचालन हुनेछ । यस सत्रले नेपालमा सार्वजनिक-निजी साझेदारीमा लगानी परिचालनका विविध पक्षहरु, लगानी योग्य तथा विश्वासनीय परियोजनाको विकास तथा व्यवस्थापन, नेपालमा सार्वजनिक-निजी साझेदारी परियोजनाका सम्भावना र चुनौतिहरु तथा परियोजनाहरुको विकासका लागि सरोकारवालाहरुसँग सहकार्यको सम्भावनाहरुबारे छलफल हुने भएको छ।


प्रकाशित : सोमबार, भदौ २१ २०७८१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend