मंगलबार, वैशाख २५ गते २०८१    
images
images

तनहुँमा बर्सेनि घट्दै धान उत्पादन

images
images
images
तनहुँमा बर्सेनि घट्दै धान उत्पादन

पछिल्लो एक दशकयता तनहुँमा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ। पुरानो बीउ प्रयोग गरिएका कारण पनि उत्पादन घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। धान बिक्री हुन नसक्दा पनि यसतर्फ किसानको आकर्षण घटेको हो।

images
images

तनहुँ- धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले जिल्लामा वर्षेनि धान उत्पादन घट्दै गएको छ। पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। पुरानो बीउ प्रयोग गरिएका कारण पनि धान उत्पादन घट्दो क्रममा रहेको उनको भनाइ थियो।

images
images
images

'पुरानो बीउ प्रतिस्थापन गर्न सकिए धान उत्पादन बढाउन सकिने र यसतर्फ कार्यालयले सोच पनि बनाएको छ। वर्षे धान बिक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ,' प्रमुख तिवारीले भने, 'धान बिक्री हुन सकिरहेको छैन, कृषकले यत्तिकै थन्काएर राख्नुपर्ने अवस्था छ। बिक्री नै नभएपछि यसतर्फ आकर्षण पनि बढाउन सकिएको छैन।'

images

पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ। विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो। त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर जमिनमा वर्षे धान खेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर जमिनमा धान खेती भइरहेको केन्द्रले जनाएको छ।

images

त्यस अवधिमा वर्षे धान खेती गरिएको चार हजार २० हेक्टर जमिन घटानका साथै दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ। विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन उत्पादन भएको थियो। त्यतिबेला तीन हजार आठ सय हेक्टर जमिनमा चैते धान खेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ।

images
images

विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ। त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धान खेती हुने गरेकामा अहिले घटेर दश हेक्टर जमिनमा मात्रै उक्त खेती भइरहेको छ। यस अवधिमा घैय्या धान खेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको छ भने उत्पादन पनि घटेर आठ हजार एक सय ६९ मेट्रिक टन भएको छ।

प्रमुख तिवारीका अनुसार कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ। चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो। यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्र्याक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायत कार्यक्रम ल्याएको छ।

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले चैते धान प्रवर्द्धनका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आर्थिक वर्षमा त्यसलाई बढाएर एक करोड ५० लाख रूपैयाँ पुर्‍याइएको छ। प्रमुख तिवारीले भने, 'यो वर्ष चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गरिने र यसका लागि एक करोड रूपैयाँ बजेट वृद्धि भएको छ।'

गत आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत दश वटा समूहलाई दुई हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको र त्यसका लागि ४३ लाख ५९ हजार रूपैयाँ खर्च भएको थियो। त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्र्याक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा ६ लाख रूपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको थियो।

चालु आर्थिक वर्षमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, उपकरणको प्रयोग, चैते धान सुकाउने उपकरण, धान काट्ने उपकरण वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने प्रमुख तिवारीले बताए।

images

प्रकाशित : मंगलबार, भदौ ५ २०८०१०:३०

प्रतिक्रिया दिनुहोस