सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

लोकप्रिय हुँदै मोबाइल भुक्तानी 

images
मंगलबार, भदौ ५ २०८०
images
लोकप्रिय हुँदै मोबाइल भुक्तानी 

भुक्तानीको माध्यममा परिवर्तन भएपछि नेपाल राष्ट्र बैंकले गत वर्षदेखि नै अभिलेखीकरण सुरु गरेको थियो। कारोबारमा वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले २०७८ को साउनदेखि अभिलेख सार्वजनिक गर्न सुरु गरेको हो। 

images
images

काठमाडौं- पछिल्लो समय नेपाली बजारमा रूपैयाँ पठाउने शैली फेरिँदै गएको छ। कागजी नोटको साटो भर्चुअल माध्यमबाट धनको आदानप्रदान गर्ने शैली विस्तार हुँदै गएको केन्द्रीय बैंकले प्रकाशित गरेको पछिल्ला तथ्यांकले देखाउँछ। 

images
images
images

नगदको विकल्पमा कार्ड, चेक हुँदै अहिले इन्टरनेटको माध्यमबाट पैसाको हस्तान्तरण हुने क्रम बढेको छ। सामान्य किनमेलदेखि ठूला कारोबारसम्म चेक नकाटी भुक्तानी हुने क्रम विस्तार हुँदै गएको छ।

images
images

बढ्दो वित्तीय पहुँच, इन्टरनेटको विस्तार तथा इन्टरनेट चल्ने स्मार्टफोन किन्न र चलाउन सक्ने नेपालीको संख्या बढ्दा जाँदा त्यसको प्रभाव वित्तीय शैलीमा परेको छ। 

images
images

जहाँ जाँदा पनि नगद बोक्नै पर्ने बाध्यताबाट अहिले नेपालका मुख्य सहरी क्षेत्रका उपभोक्ता आंशिक रुपमा मुक्त भएका छन्। रुपैयाँ लिने/दिने यस्तो शैलीमा रुपान्तरणको झल्को अहिले देखिए पनि यसको सुरुवात भने गएको १० वर्षदेखि भइरहेको थियो। 

कोरोना महामारी सुरु भएपछि भने यसमा छलाङ देखिएको छ। कोरोना महामारी सुरु भएर बजार व्यवसाय खुलेपछि कारोबारको शैलीमा परिवर्तन देखिएको हो। सीमित स्टोर, पसल तथा स्थानमा रहेको यस्तो डिजिटल भुक्तानी कोरोना सुरु भएपछि भने सामान्य रेष्टुरेन्ट तथा व्यवसायसम्म विस्तार हुन पुगेको छ। 

भुक्तानीको माध्यममा परिवर्तन भएपछि नेपाल राष्ट्र बैंकले गत वर्षदेखि नै अभिलेखीकरण सुरु गरेको थियो। कारोबारमा वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले २०७८ को साउनदेखि अभिलेख सार्वजनिक गर्न सुरु गरेको हो। 

नगदरहित भुक्तानीका माध्यममा मोबाइलबाटै हुने भुक्तानी लोकप्रिय हुँदै आएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार मोबाइलबाटै हुने भुक्तानी लोकप्रिय हुँदै आएको छ। 

मोबाइल बैंकिङ तथा मोबाइलकै माध्यमबाट हुने क्यूआर भुक्तानीको प्रचालन बढिरहेको तथ्यांकले देखाएको छ। इन्टरनेट बैंकिङबाट हुने भुक्तानी पनि मोबाइलबाटै गर्न सकिन्छ यद्यपि मोबाइल बैंकिङकै माध्यमबाट हुने र क्यूआर भुक्तानीप्रति नेपाली ग्राहकको स्वीकार्यता विस्तार हुँदै गएको छ। 

गत आर्थिक वर्षदेखि क्यूआर भुक्तानीको छुट्टै तथ्यांक राख्न थालिएको थियो। जुन गएको असारमामात्र ३० अर्ब भुक्तानी भएको छ। त्यस्तै मोबाइल बैंकिङबाट भने मासिक २ खर्ब पुगेको छ। 


प्रकाशित : मंगलबार, भदौ ५ २०८००२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend