बिहीबार , वैशाख २७ गते २०८१    
images
images

उद्योग विभागले बिना तयारी ल्यायो एसेम्बल हुने सवारीको वातावरणीय परीक्षणको व्यवस्था 

images
images
images
उद्योग विभागले बिना तयारी ल्यायो एसेम्बल हुने सवारीको वातावरणीय परीक्षणको व्यवस्था 

सोही अध्ययनका आधारमा विभागले एउटा मापदण्ड बनाएको वातावरण विभाग महानिर्देशक मुकुन्दप्रदार निरौलाले बताए।

images
images

काठमाडौं- उद्योग विभागले गतसाता नेपालमा एसेम्बल हुने मोटरसाइकल तथा स्कुटरको वातावरण र सुरक्षाका सम्बन्धमा परिक्षण गर्ने गरी मापदण्ड ल्यायो। विभागले उक्त मापदण्ड सामान्य अध्ययनकै भरमा ल्याएको पाइएको छ। 

images
images
images

एसेम्बल उद्योग स्थापना गर्दा प्रत्यक्ष जोडिने वातावरण विभाग, यातायात व्यवस्था विभागलगायत सरोकारवालासँग सामान्य छलफलसमेत नगरी उद्योग विभागले मापदण्ड ल्याएको हो। विभागले त्रिविको इन्जिनियरिङ संस्थान अन्तर्गतको ऊर्जा अध्यययन केन्द्रले गरेको सामान्य अध्ययनकै भरमा मापदण्ड ल्याएको हो। 

images

केन्द्रले ‘प्युल इकोनोमि एन्ड एक्जस्ट इमिसन मेजरमेन्ट इन एबीभीज् एन्ड पोलिसी डेभलपमेन्ट एन्ड अवेरनेस प्रोग्राम’ विषयमा अध्ययन गरेको थियो। 

images

सोही अध्ययनका आधारमा विभागले एउटा मापदण्ड बनाएको वातावरण विभाग महानिर्देशक मुकुन्दप्रदार निरौलाले बताए। ‘हामीले त्रिविको एक केन्द्रले गरेको अध्ययनका आधारमा सामान्य मापदण्ड बनाएका हौँ,’ उनले भने, ‘यसपछि विभागले सरोकारवालाहरुसँग समन्वय गरेर थप अध्ययन गरि विस्तृत मापदण्ड बनाउने योजना बनाएको छ।’ 

images
images

केही कम्पनीले अहिले नै नेपालमा एसेम्बल उद्योग सञ्चालन गरी मोटरसाइकल तथा रस्कुटर उत्पादन गर्दै आएका छन् भने केहीले उद्योग स्थापना गर्ने तयारी गरिरहेका छन्। 

नेपालमै उत्पादन हुने मोटरसाइकल र स्कुटरको गुणस्तरमा बारम्बार प्रश्न उठ्न थालेपछि उद्योग विभागले मापदण्ड बनाएको हो। गुणस्तरको विषयमा प्रश्न उठेपछि सरकारले नेपालमै उत्पादन हुने मोटरसाइकल र स्कुटरको गुणस्तर परीक्षण गर्ने निर्णय गरेको थियो। 

उद्योग विभागले नेपालको एसेम्बल उद्योगबाट बनेका मोटरसाइकल र स्कुटरको गुणस्तर परीक्षण गर्ने गरी नयाँ व्यवस्था गरेको हो। वातावरण विभाग, यातायात व्यवस्था विभाग, उद्योग विभागलगायत सरोकारवाला निकाय सम्मिलित समितिले वातावरण र सुरक्षाका सम्बन्धमा परीक्षण गर्ने गरी नयाँ व्यवस्था भएको छ।

योसँगै विभागले उद्योग सञ्चालन गर्नको लागि नयाँ चार वटा मापदण्ड तयार गरेको थियो। विभागले आन्तरिक उद्योगले पहिलो वर्षमा कम्तिमा १० प्रतिशत र पाँच वर्षमा कम्तीमा ३० प्रतिशतको आन्तरिक मूल्य अभिवृद्धि गर्नुपर्ने व्यवस्था जारी गरेको छ।

यसैगरी पहिलो वर्षमा कम्तीमा ५० जनाले र ५ वर्षमा कम्तीमा २ सय जना श्रमिकलाई प्रत्यक्ष रोजगारी दिनुपर्ने र उद्योगहरूले पाँच वर्षभित्र कम्तीमा १० प्रतिशत घरेलु सामग्री प्रयोग गर्नुपर्ने नयाँ व्यवस्था गरेको हो।

images

प्रकाशित : बिहीबार , मंसिर २ २०७८०२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend