आइतबार, भदौ २३ गते २०८१    
images
images

गण्डकी प्रदेशमा १८ हजार ३ सय ७१ ऋणीले दिए २५ अर्ब सहुलियतपूर्ण कर्जा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
images
images
गण्डकी प्रदेशमा १८ हजार ३ सय ७१ ऋणीले दिए २५ अर्ब सहुलियतपूर्ण कर्जा
images
images

पोखरा- गण्डकी प्रदेशभित्र व्यापार व्यवसाय गर्दै आएका १८ हजार ३ सय ७१ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित उद्योग व्यवसायीको सुरक्षाकाक लागि भन्दै सुहलियतपूर्ण कर्जाकाृे व्यवस्था गरेको थियो।

images
images
images

सोहीअनुसार गण्डकी प्रदेश भित्र व्यापार व्यवसाय गर्दै आएकाले २०७८ असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ भन्दा बढी सहुलियतपूर्ण कर्जा लिएका छन्।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम २०७८ असार मसान्तसम्ममा गण्डकी प्रदेशमा २५ अर्ब ८ करोड ८ लाख कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रवाहित कर्जामध्ये सबैभन्दा धेरै व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५२.६ प्रतिशत र महिला उद्यमशील कर्जा ४६.७ प्रतिशत रहेको छ।

images

२०७८ असार मसान्तमा गण्डकी प्रदेशमा यस्तो कर्जा लिने ऋणीको संख्या १८ हजार ३७१ पुगेको छ । यसबाट व्यवसायिक कृषि तथा पशुपालन क्षेत्र र महिला उद्यमी÷व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पुगेको बैंकको भनाइ छ।

loan.JPG


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend