सोमबार, असोज ८ गते २०८०    

'एयर बबल' हट्नेबित्तिकै उडान सुरु गर्ने तयारीमा स्पाइसजेट 

images
'एयर बबल' हट्नेबित्तिकै उडान सुरु गर्ने तयारीमा स्पाइसजेट 

महामारी अघि  उडान अनुमति पाएको स्पाइसजेटले एयरबबल हट्ने बित्तिकै उडान गर्ने तयारी गरेको छ। 

images

काठमाडौं- स्पाइसजेट एयरलाइन्स नेपाल-भारतबीचको एयर बबल हट्ने बित्तिकै नियमित उडान सुरु गर्ने तयारीमा रहेको छ। 

images

कोरोना महामारीको दोस्रो भेरियन्टसँगै भारत र नेपालबीचमा एयरबबल अन्तर्गत उडान भइरहेका छन्। हालसम्म नेपाल एयरलाइन्स र एयर इन्डियाले सीमित उडान गरिरहेका छन्। 

images

दुईवटा एयरलाइन्सले मात्र सीमित गन्तव्यमा उडान गर्दा यात्रुहरू मारमा परेका छन्। उडान थोरै हुँदा पछिल्लो समय दुबई ट्रान्जिट बनाएर यात्रुहरुले यात्रा गरिरहेका छन्। 

images

अहिलेसम्म एयरबबल अन्तर्गत उडान हुँदा उडान थपिएका छैनन् भने अरु एयरलाइन्सले पनि उडान गर्न पाएका छैनन्। 

images

महामारी अघि  उडान अनुमति पाएको स्पाइसजेटले एयरबबल हट्ने बित्तिकै उडान गर्ने तयारी गरेको छ। 

स्पाइसजेटले भारतको नयाँ दिल्ली र मुम्बईबाट काठमाडौंमा दैनिक एक/एक उडान गर्ने योजना बनाएको छ। यसको उडान सुरु भएपछि भारतीय गन्तव्यमा यात्रुले सस्तो दरमा टिकट पाउने सम्भावना बढेर जानेछ। 

images

प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१२:२३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ