शुक्रबार, असोज १२ गते २०८०    

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, साउन १ देखि नै मासिक १७ हजार ३ सय लागु हुने

images
श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, साउन १ देखि नै मासिक १७ हजार ३ सय लागु हुने
images

काठमाडौं- सरकारले साउन १ गतेबाटै लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको तलब बढेको सूचना बिहीबार राजपत्रमा प्रकाशित गरेको हो।

images

२०७८ साउनदेखि लागु भएको १५ हजार न्यूनतम तलबलाई बढाएर  मासिक १७ हजार ३ सय बनाइएको हो। यसैगरी दैनिक ज्याला ६ सय ६८ रुपैयाँ र प्रतिघण्टा ८९ रुपैयाँ तोकिएको छ। 

images

यसैगरी आंशिक समयमात्रै काम गर्ने कामदारको प्रतिघण्टा न्यनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ। यसअघि प्रतिदिनको ज्याला ५ सय ७७ रुपैयाँ र प्रतिघण्टाको ७७ रुपैयाँ थियो।

images

आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३ सय रुपैयाँ तोकिको हो।

images

यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५ र महँगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ रहेको थियो ।

बढेको तलब

new.jpg


 पुरानो तलब

old.jpg

यसैगरी चिया बगानमा कामगर्ने श्रमिकको तलब मासिक १३ हजार ८ सय ९३ रुपैयाँ तय भएको छ। जसमा आधारभूत तलब ८ हजार ९ सय ३४ रुपैयाँ र महँगी भत्ता ४ जार ९ सय ५९ रुपैयाँ तोकिएको छ।

त्यस्तै चिया बगानमा दैनिक ज्यालामा काम गर्ने मजदुरको हकमा ५ सय रुपैयाँ र प्रतिघण्टाको ६३ रुपैयाँ तोकिएको छ। 

images

प्रकाशित : बिहीबार , साउन ३२ २०८००९:३१

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ