आइतबार, मंसिर ९ गते २०८१    
images
images

अधिकांश वाणिज्य बैंकले बढाए निक्षेपको ब्याजदर, साउनमा बढाएकाले भदौमा देखाए संयमता

images
बिहीबार , साउन ३२ २०८०
images
images
अधिकांश वाणिज्य बैंकले बढाए निक्षेपको ब्याजदर, साउनमा बढाएकाले भदौमा देखाए संयमता
images
images

काठमाडौं- बैंकहरूले भदौ महिनामा ब्याजदर निर्धारणमा संयमता देखाएका छन्। साउन महिनामा ब्याजदर बढाएका बैंकहरूमध्ये केहीले घटाएका छन् भने केहीले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।

images
images
images

साउनमा अपेक्षाविपरित ब्याजदर बढाएका केही बैंकले भदौमा ब्याजदर घटाएर वा स्थिर राखेर अहिले ब्याजदर बढाउने बैंकको हाराहारीमा पुर्‍याएका छन्। फलस्वरुप भदौमा निक्षेप खोसाखोसको अस्वस्थ प्रतिस्पर्धामा केही कमी आउने देखिएको छ।

images

अघिल्लो महिना आक्रमक ढंगबाट ब्याजदर बढाएको एनएमबी बैंकले यस पटक ब्याजदर घटाएको छ। एनआईसी एसियाले मुद्दती निक्षेपको ब्याजदर समान्यरुपमा घटाएको छ।

images

यस्तै साउनमा ब्याजदर बढाउनेमध्ये कुमारी बैंकले भदौका लागि पनि ब्याजदर बढाएको छ। अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर बढाएको यस बैंकको ब्याजदर सबैभन्दा बढी १०.८९६ प्रतिशत कायम भएको छ।

कुमारी बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र नेपाल बैंक लिमिटेडले मुद्दती निक्षेपमा समान १०.८९६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

साउनमा ब्याजदर बढाएको प्राइम कर्मिसल बैंकले भने ब्याजदर स्थिर राखेको छ।

साउनमा महिनामा ब्याजदर स्थिर राखेका वा घटाएका अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनाका लागि ब्याजदर बढाएका छन्। साउनमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ, सानिमा, नेपाल बैंक, कृषि विकास बैंकलगायतले ब्याजदर घटाएका थिए। 

यस्तै असारमा ब्याजदर स्थिर राखेका सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन बैंकले ब्याजदर बढाएका छन्।

साउनमा व्यक्तिगत तथा संस्थागत निक्षेप खोस्नका लागि एनएमबी, एनआईसी एसिया, प्राइम, नबिल र कुमारी बैंकले ब्याजदर बढाएका थिए। मुख्यगरी ठूलो कर्पोरेट हाउस, ठूला सरकारी संस्थानहरू जस्तै नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नागरिक लगानी कोष, सामाजिक सुरक्षाकोष, कर्मचारी सञ्जय कोष, सेनाको कल्याणकारी कोष, निजी तथा सरकारी बीमा कम्पनीहरूको संस्थागत निक्षेप आफूतर्फ तान्ने ध्याउन्नमा ती बैंक लागेका थिए।

भदौको ब्याजदरमा भने अघिल्लो महिना ब्याजदर बढाएर निक्षेप आफूतिर तान्न सफल भएका ५ वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् भने गत महिना ब्याजदर घटाएका तथा स्थिर राखेका बैंकहरूले भने ब्याजदर बढाएका थिए। 

साउन महिनाका लागि ब्याजदर निर्धारण गर्दा बैंकर्स संघले विगत दुई वर्षदेखि गर्दै आएको ब्याजदरमाथिको कार्टेलिङ अन्त्य गरेको थियो। बैंकर्स संघले कार्टेलिङ नगर्ने घोषणा गरेसँगै सीडी अनुपातमा दबाब नभएका बैंकहरूले ब्याजदर घटाएका थिए। कर्जा निक्षेप अनुपात बढी भएका बैंकहरूले ब्याजदर बढाएर निक्षेप तान्ने प्रयास गरेका थिए। उक्त समयमा बैंकिङ प्रणालीमा करिब ४.५ खर्ब अधिक तरलता रहेकाले ब्याजदर घट्ने अनुमान गरिएको थियो। अनुमानविपरित केही वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदा ब्याजदर घटाउने र स्थिर राख्ने वाणिज्य बैंकहरू संस्थागत निक्षेप खोसिने तनाबमा परेका थिए।

कुन बैंकको ब्याजदर कति?

कृषि विकास बैंकले साउन भदौ लागि प्रकाशित गरेको ब्याजदरमा ६ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदर साउन महिनाकै ९.५१ प्रतिशत राखेको छ। तर ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले बढाएर १०.५१ प्रतिशत तोकेको छ।

यस्तै १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत तोकेको छ। बैंकले ६ महिनादेखि ५ वर्ष अवधिको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.८९६ प्रतिशत र बोलकबोलका आधारमा ६ महिनादेखि ५ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर ९.३९६ प्रतिशत कायम गरेको छ। यस्तै रेमिट मुद्दती बचतको ब्याजदर ११.८९६ प्रतिशत कायम गरेको छ। साधारण बचततर्फ यस बैंकले ५.९६६ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

साउनमा ब्याजदर बढाएको नबिल बैंकले भदौका लागि पनि बढाएको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएर १०.८९६ प्रतिशत कायम गरेको छ। यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.८९६ प्रतिशत कायम गरेको छ। रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर यस बैंकले ११.८९६ प्रतिशत कायम गरेको छ। साउन यस बैंकको साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको थियो। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत र रेमिट मुद्दती निक्षेपको ब्याजदर ११.४९ प्रतिशत कायम गरको थियो।

माछापुच्छ्रे बैंकले पनि साउन महिनाको तुलनामा ६ महिने मुद्दती निक्षेपको बाहेक अन्य मुद्दती निक्षेपको ब्याजदर बढाएको छ। ३ महिनादेखि ६ महिनासम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर साउनकै ब्याजदर ९ प्रतिशत कायम गरेको छ। ६ महिनादेखि १ वर्ष र १ वर्षभन्दामाथिको मुद्दती निक्षेप यस बैंकले बढाएको छ। ६ महिनादेखि १ वर्ष अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ९.४९ प्रतिशत तोकेको बैंकले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। 

यस्तै संस्थागत मुद्दती निक्षेतर्फ यस बैंकले ६ महिनादेखि ५ वर्ष अवधिका लागि ७ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिका लागि ७.४९ प्रतिशत ब्याजदर कायम गरेको छ। रेमिट मुद्दती निक्षेपमा यस बैंकले १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। साधारण बचततर्फ यस बैंकले ५ देखि ७ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले पनि साउनको तुलनामा भदौमा १० प्रतिशतले ब्याजदर बढाएको छ। यस बैंकले ३ महिनादेखि ५ वर्ष अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ८.९९ प्रतिशत कायम गरेकोमा भदौ महिनाका लागि ९.९९ प्रतिशत कायम गरेको छ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर साउनमा ६.९९ प्रतिशत रहेकोमा भदौमा ७.९९ प्रतिशत कायम भएको छ। यस्तै ३ महिनादेखि ३ वर्ष अवधिको रेमिट्यान्स मुद्दती निक्षेपमा यस बैंकले १०.९९ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। 

अन्य साधारण बचततर्फ यस बैंकले ४.९९ प्रतिशतदेखि ७.६६ प्रतिशत ब्याजदर कायम गरेको छ। 

साउन महिनाका लागि ब्याजदर बढाएको कुमारी बैंक लिमिटेडले भदौ महिनाका लागि पनि ब्याजदर बढाएको छ। कुमारी बैंकले साउनको तुलनामा १० प्रतिशतले साधारण मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत, ६ महिनाभन्दा माथिको संस्थागत मुद्दती निक्षेपको ब्ययाजदर ८.८९६ प्रतिशत र साधारण बचततर्फ ५.९६६ प्रतिशतदेखप ७.९६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

यस्तै हिमालयन बैंकले भदौ महिनाका लागि १० प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले ३ महिनाभन्दा बढी अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपको तुलनामा संस्थागत मुद्दतीको निक्षेपको ब्याजदर २ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेकाले यस बैंकले पनि संस्थागत मुद्दतीको ब्याजदर ७.९९ प्रतिशत तोकेको छ।

१० लाख रुपैयाँदेखि सोभन्दा बढी रकम ६ महिना अवधिसम्मका लागि निक्षेपमा जम्मा गरेमा बैंकले ७.९९ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। यस्तै १०० देखि २०० दिनसम्म न्युनतम १ लाख मुद्दतीमा राख्ने बचतकर्तालाई ९.९९ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

यस्तै साउन महिनाका लागि सबैभन्दा बढी ब्याजदर तोकेको एनएमबी बैंकले भदौ महिना लागि ब्याजदरमा घटाएको छ। यस बैंकले साउन महिनामा ३ महिनादेखि ६ महिनासम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरेको भदौ महिनामा ८.१० प्रतिशत कायम गरेको छ। यस्तै ९.१० प्रतिशत रहेको ६ महिनादेखि ९ महिनासम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर भदौमा घटाएर ८.२५ प्रतिशत कायम गरेको छ। साउनमा ९ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.२५ प्रतिशत कायम गरिएकोमा भदौ महिनाका लागि ८.७५ प्रतिशत तोकिएको छ।

यस्तै, साउन महिनामा १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत, २ वर्षदेखि १० वर्ष भन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.७५ प्रतिशत र १० वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर १०.९३ प्रतिशत कायम गरेको बैंकले भदौ महिनाका लागि क्रमस १ वर्ष देखि २ वर्षको अवधिका लागि ९.२५ प्रतिशत, २ वर्षदेखि १० वर्षभन्दा कम अवधिका लागि ९.५ प्रतिशत र १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। रेमिट्यान्स मुद्दती निक्षेपमा समय अवधिका आधारमा थप १ प्रतिशत बिन्दु बढी ब्याजदर दिने घोषणा एनएमबी बैंकले गरेको छ। बैंकले सबै प्रकारको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तोकेको छ।

नेपाल एसबीआई बैंकले सबैप्रकार मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ।  बैंकले साउन महिनाकै ब्याजदरलाई भदौ महिनामा पनि निरन्तरता दिएको छ। यस बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर ७.२० प्रतिशतदेखि ८.२० सम्म तोकेको छ। समग्रमा यस बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तोकेको छ। रेमिट्यान्स मुद्दती बचतका लागि थप १ प्रतिशत बिन्दुले बैंकले बढी ब्याजदर तोकेको छ।

यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। भदौ महिनाका लागि यस बैंकले ३ महिना अवधिसम्मको मुद्दती निक्षेपको ब्याजदर ७.९२ प्रतिशत कायम गरेको यस बैंकले १ वर्षसम्म वा सोभन्दा बढी अवधिको मुद्दतीको ब्याजदर ८.९२ प्रतिशत कायम गरेको छ। रेमिट्यान्स मुद्दती बचतमा यस बैंकले ९.९२ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

प्रभु बैंकले भदौ महिनाका लागि निक्षेपको ब्याजदर बढाएको छ। साउन महिनाका लागि २ वर्ष अवधिको ब्याजदर ९.२५ र २ वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ९.५० प्रतिशत तोकेको यस बैंकले भदौ महिनाका लागि दुबै मुद्दतीको ब्याजदर १० प्रतिशत तोकेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत तोकेको यस बैंकले रेमिट्यान्स बचतको ब्याजदर ११ प्रतिशत कायम गरेको छ।

लक्ष्मी बैंक र सनराइज बैंक मर्जपश्चात बनेको लक्ष्मी सनराइज बैंकले पनि ब्याजदर उच्च नै राखेको छ। यस बैंकले सबै प्रकारका  मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत र रेमिट्यान्स मुद्दतीको ब्याजदर १०.९९ प्रतिशत निर्धारण गरेको छ।

साउन महिनामा ब्याजदर बढाएको प्राइम कर्सियल बैंकले भदौ महिनाका लागि भने घटाएको छ। यस बैंकले साउनमा साधारण मुद्दती निक्षेपको ब्याजदर १०.९३ प्रतिशत कायम गरेकोमा भदौका लागि १०.५० प्रतिशत तोकेको छ। साधारण मुद्दती निक्षेपको ब्याजदरसँगै संस्थागत मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती बचतको ब्याजदर पनि घटेको छ। यस बैंकले ३ महिनाभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.५० प्रतिशत र रेमिट्यान्स मुद्दती बचतमा १२.५० प्रतिशत ब्याज दिने निर्णय गरेको छ।

यस्तै एनआईसी एसिया बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर सामान्यरुपमा घटाएको छ। साउनमा ३ महिनादेखि १५ वर्षका लागि १०.९३ प्रतिशत ब्याजदर निर्धारण गरेको यस बैंकले भदौ महिनाका लागि १०.८९६ प्रतिशत तोकेको छ। उक्त साधारण मुद्दती निक्षेपको ब्याजदरअनुसार संस्थागत मुद्दतीको ब्याजदर ८.८९ प्रतिशत कायम गरेको छ।

सिद्धार्थ बैंकले भने साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएको छ। यस बैंकले भदौ महिनाका लागि साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। ३ देखि ६ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत तोकेको छ। यस्तै रेमिट मुद्दती बचततर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि १०.५ प्रतिशत र ६ महिनाभन्दा बढी अवधिको यस्तो बचतका लागि १९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

यस्तै सस्थागत मुद्दती निक्षेपकर्ताका लागि बैंकले ७.९९ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

यस्तै नेपाल बैंक लिमिटेडले साधारण मुद्दती निक्षेपको ब्याजदर ८.९९ प्रतिशतबाट बढाएर १०.८९६ प्रतिशत पुर्‍याएको छ। बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.८९६ प्रतिशत कायम गरेको छ भने रेमिट मुद्दती निक्षेपको ब्याजदर ११.८९६ प्रतिशत तोकेको छ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले गत साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ। यस बैंकले मुद्दती निक्षेपका कुनै पनि दर चलाएको छैन। यसअघि यस बैंकले व्यक्ति मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत र रेमिट बचत मुद्दतीको ब्याजदर १०.९९ प्रतिशत निर्धारण गरेको छ।

एभरेष्ट बैंकले भने १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाएको छ। साउनमा उक्त मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत कायम गरेकोमा भदौंका लागि १० प्रतिशत तोकेको छ। यस्तै १ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशतबाट बढाएर ९.२५ प्रतिशत र १ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशतमा स्थिर राखेको छ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.५० प्रतिशत तोकेको यस बैंकले रेमिट मुद्दतीमा १०.५० प्रतिशत ब्याज दिने भएको छ।

सिटिजन्स इन्टरनेशनल बैंकले पनि ब्याजदर बढाएको छ। यस बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत कामय गरेको छ। गत साउनमा यस बैंकले ९.९९ प्रतिशत साधारण मुद्दती निक्षेपको ब्याजदर तोकेको थियो। यस बैंकले संस्थागत मुद्दती निक्षेपकर्तालाई ८.८९६ प्रतिशत ब्याजदर दिने भएको छ।

सानिमा बैंकले १ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत निर्धारण गरेको छ। यस बैंकले रेमिट मुद्दती निक्षेपमा ११.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ। संस्थागत मुद्दती निक्षेपकर्तालाई सानिमा बैंकले ८.८९६ प्रतिशत ब्याजदर तोकेको छ।

यस्तै ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत निर्धारण गरेको छ। संस्थागत मुद्दती निक्षेपकर्तालाई ग्लोबल आईएमई बैंकले ८.८९६ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले अघिल्लो महिनाको तुलनामा एक प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ। 


प्रकाशित : बिहीबार , साउन ३२ २०८००५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend