शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

चिलिमेको नाफा घट्यो,२० करोड ९८ लाख रुपैयाँ मात्रै

images
सोमबार, कात्तिक २९ २०७८
images
images
चिलिमेको नाफा घट्यो,२० करोड ९८ लाख रुपैयाँ मात्रै

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले २० करोड ९८ लाख ६९ हजार खुद नाफा गरेको छ।

images
images

काठमाडौं- चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले २० करोड ९८ लाख ६९ हजार खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म कम्पनीले  २२ करोड ३२ लाख ७९ हजार रुपैयाा खुद नाफा गरेको थियो।

images
images
images

यस वर्ष विद्युत् विक्री आम्दानी ३ दशमलव ३७ प्रतिशत कम भएसँगै कम्पनीको खुद नाफामा कमि आएको हो। गत वर्ष विद्युत् विक्रीबाट ३६ करोड ३९ लाख ४७ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष ३५ करोड १६ लाख ७८ हजार मात्र गरेको हो। 

आम्दानीमा कमि आएसँगै कम्पनीको सञ्चालन नाफासमेत ५ दशमलव ४२ प्रतिशतले घटेको छ। १० प्रतिशत बोनस सेयरमार्फत चुक्तापूँजी वृद्धि गरी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम भने १० दशमलव ९० प्रतिशत घटेर  ४ अर्ब ३ करोड १७ लाख ९० हजार कायम भएको छ।

images

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ दशमलव ३७ रहेको छ ।

images


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend