बिहीबार , जेठ ३ गते २०८१    
images
images

चैत मसान्तसम्म सबै ठेक्काको एकमुष्टमा म्याद थप

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
चैत मसान्तसम्म सबै ठेक्काको एकमुष्टमा म्याद थप

सरकारले सबै ठेक्काको म्याद एकमुष्टमा २०७८ चैतमसान्तसम्म थपिएको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै ठेक्कालाई हुने गरि निर्माण व्यवसायीले दिएको निवेदनका आधारमा ठेक्काको म्याद थप हुने छ।

images
images

काठमाडौं- सरकारले सबै ठेक्काको म्याद एकमुष्टमा २०७८ चैत मसान्तसम्म थपिएको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै ठेक्कालाई हुने गरि निर्माण व्यवसायीले दिएको निवेदनका आधारमा ठेक्काको म्याद थप हुने छ।

images
images
images

कोरोना भाइरसको संक्रमणबाट जारी निषेधाज्ञाका कारण काम रोकिएको भन्दै निर्माण व्यवसायी महासंघले ठेक्काको म्याद थप गर्न सरकारसँग माग गर्दै आएको थियो।

images

निर्माण व्यवसायीको निवेदनका आधारमा सम्बन्धित बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थपको आवश्यकता र औचित्यको आधारमा त्यस्तो खरिद सम्झौताको म्याद बढीमा २०७८ चैत मसान्तसम्मको लागि थप एक महिना भित्र गरिसक्नुपर्ने छ।

images
images
fcan.jpg

सरकारबाट उक्त निर्णय भएसँगै महासंघले आफ्ना सदस्यहरुलाई निर्णय कार्यान्वयनको लागि आवश्यक कागजातसहित सार्वजनिक निकायमा निवेदन दिन आग्रह गरेको छ।

images
images

मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले खरिद सम्झौताको म्यााद थप गर्ने निर्णय कार्यान्वयन गर्न मातहतका कार्यालयलाई पत्र पठाइसकेको छ।

facn 1.jpg

२०७६ चैतदेखिको लकडाउन र २०७८ बैशाखदेखिको निषेधाज्ञाका कारण निर्माण सामग्रीको उपलब्धतामा असहज, कामदारको आवतजावतमा अप्ठेरोलगायत कारण काम हुन नसकेको भन्दै म्याद थप भएको अर्थ मन्त्रालयले जनाएको छ।  


प्रकाशित : सोमबार, भदौ २१ २०७८१२:३०
  • सम्बन्धित विषय:

  • # निर्माण व्यवसायी
  • # ठेक्का म्याद
  • # म्याद थप
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend