काठमाडौं- मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार एक सय रूपैयाँले घटेको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार पाँच रूपैयाँले सस्तिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।