आइतबार, वैशाख २३ गते २०८१    
images
images

आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा गिरावट, अन्य सूचक कस्तो?

images
बिजनेस न्युज
images
images
आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा गिरावट, अन्य सूचक कस्तो?
images
images

काठमाडौं- नेपाल टेलिकम लिमिटेडकाे नाफा घटेकाे छ। गत आर्थिक वर्षको विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हाे।

images
images
images

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

images

कम्पनीको बिक्री आम्दानी घटेपछि खुद नाफा घटेको हो।

images

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४५.३४ प्रतिशत घटेको छ। त्यस्तै कम्पनीको कुल आम्दानी १.११ प्रतिशत बढेको छ।

images
images

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर ४३ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेकोमा मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।

images

प्रकाशित : बुधबार, साउन ३१ २०८००२:३४
प्रतिक्रिया दिनुहोस