आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

कहाँ अड्कियो चक्रपथको कलंकी-महाराजगञ्ज खण्डको विस्तार?

images
images
images
कहाँ अड्कियो चक्रपथको कलंकी-महाराजगञ्ज खण्डको विस्तार?

सुरुमा सरकारले कलंकीदेखि धोवी खोलासम्मको ११.६ किलोमिटर सडक विस्तार गर्न भनेपनि अहिले कलंकीदेखि महाराजगञ्ज चोकभन्दा २ सय मिटर वर बसुन्धारा खोलासम्मको डिजाइन भइरहेको छ। 

images
images

काठमाडौं- साइट क्लियर भएको लामो समयदेखि चक्रपथ विस्तारको काम अघि बढ्न सकेको छैन। चीन सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको चपक्रथको दोस्रो खण्डको 'डिटेल डिजाइन'को काम भइरहेको छ। 

images
images
images

पहिलो खण्डमा डिजाइनमा केही त्रुटी भएकाले त्यसलाई सम्बोधन गर्नेगरी चिनियाँ पक्षले डिजाइन गरिरहेको भौातिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। कोटेश्वर-कलंकी खण्डको विस्तार पनि चीनकै अनुदान सहयोगमा भएको थियो। 

images

सुरुमा कोभिड, त्यसपछि साइट क्लियर नभएको भन्दै चिनियाँ पक्षले कलंकी-महाराजगञ्ज खण्डको काम सुरु गरेन। अहिले चिनियाँ पक्ष डिटेल डिजाइन गरिरहेको भन्दै काम सुरु गर्न भने आइसकेको छैन। सरकारले पनि चीनलाई दबाब दिन सक्ने अवस्था छैन। चीनले अनुदान सहयोगमा बनाइदिने भएकाले धेरै दबाब दिँदा भड्किन सक्ने भन्दै सरकार पर्खि नै रहेको छ। 

images

सम्झौताअनुसार काम भएको भए अहिलेसम्म चक्रपथको कलंकी-महाराजगञ्ज खण्डको विस्तार आधाभन्दा बढी भइसक्थ्यो। तर चिनियाँ पक्षले कोभिड, ‘साइट क्लियर’ नभएको, डिटेल डिजाइनको काम गरिरहेकोलगायत बहानामा अहिलेसम्म काम सुरु गरेको छैन। कलंकी-महाराजगञ्ज विस्तारका लागि डिटेल डिजाइनको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए।

images
images

चिनियाँ पक्षले डिटेल डिजाइनको काम गरिरहेको बताएकाले डिजाइन सकिएलगत्तै सडक विस्तारको काम सुरु हुने शर्माको भनाइ छ। मन्त्रालयले चीनलाई दुई वा तीन वटा अन्डरपास बनाउन आग्रह गरेको र त्यसमा उनीहरु सकारात्मक भएर सोहीअनुसार डिजाइन भइरहेको जनाएको छ।  

यता सडक विभाग अन्तर्गतको चक्रपथ विस्तार आयोजनाले सर्भिस ट्राक निर्माण सुरु गरिसकेको छ। मूल सडकको विस्तार चीनले गरिदिने भएपनि सडकको दुवैतर्फको सर्भिस ट्राक भने नेपाल सरकारले नै बनाउनु पर्छ। चीनले डिटेल डिजाइनमा ढिलाइ गरेकाले आयोजनाले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेका आयोजना प्रमुख बाबुराम सापकोटाले बताए। ‘आयोजनालाई कलंकी-महाराजगञ्ज खण्ड विस्तार बारे पछिल्लो समय कुनै जानकारी आएको छैन,’ उनले भने, ‘आयोजनाले सर्भिस ट्राक निर्माणको काम भने गरिरहेको छ।’ 

करिब ४ वर्षअघि नै सरकारले चिनियाँ पक्षलाई सडक विस्तारका लागि आउन आग्रह गरेको थियो। त्यतिबेला केही स्थानमा पोल हटाउन, जग्गाको मुआब्जा टुंगो लगाउन बाँकी थियो। चिनियाँ पक्षले त्यतिलाई आधार बनाएर साइट क्लियर नभइ नआउने स्पष्ट जिकिर गरेको र काम गर्न आउन पूर्णरुपमा साइट क्लियर हुनुपर्ने सर्त राखेको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले २०७७ कात्तिममा ४ महिनाभित्र साइट क्लियर गरिसक्न र विस्तारको काम सुरु हुने बताएका थिए।  

त्यसको करिब १ वर्षपछि साइट क्लियर भएपनि डिटेल डिजाइनलगायतको काम हालसम्म टुंगो लागेको छैन। दुई तीन पटक चिनियाँ टोली आएर अध्ययन भने गरिरहेको छ। 

सुरुमा सरकारले कलंकीदेखि धोवी खोलासम्मको ११.६ किलोमिटर सडक विस्तार गर्न भनेपनि अहिले कलंकीदेखि महाराजगञ्ज चोकभन्दा २ सय मिटर वर बसुन्धारा खोलासम्मको डिजाइन भइरहेको छ। 

यसअघि चीन सरकारकै सहयोगमा चक्रपथ पहिलो खण्ड कोटेश्वर-कलंकी सडक ८ लेनमा विस्तार भइसकेको छ। जसको दूरी १०.३९ किलोमिटर छ। यो सडक खण्ड २०७५ माघमा चीनले सरकारलाई हस्तान्तरण गरेको थियो। पहिलो खण्डमा केही त्रुटी भएको भन्दै सरकारले दोस्रो खण्डको डिजाइनमा उक्त कुरा सुधार गर्न आग्रह गर्दै आएको छ। सोहीअनुसार चिनियाँ पक्षले पनि सुधारको प्रतिबद्धता जनाएको छ।

सन् १९७७ मा चीन सरकारकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण भएको थियो। कोेटेश्वर-कलंकी सडक चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको हो। पहिलो खण्ड चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० मा विस्तार थालेको थियो। विस्तारको काम २०७३ माघसम्म सक्ने भनिए पनि २ वर्ष ढिलो गरि २०७५ माघमा निर्माण सकेर हस्तान्तरण भएको थियो। 

images

प्रकाशित : बुधबार, साउन ३१ २०८००४:०५

प्रतिक्रिया दिनुहोस