शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

४३ मध्ये ९ हाइड्रो पावर कम्पनीको लाभांश घोषणा (बुक क्लोजसहित)

images
सोमबार, कात्तिक २९ २०७८
images
images
४३ मध्ये ९ हाइड्रो पावर कम्पनीको लाभांश घोषणा (बुक क्लोजसहित)

नेपाल स्टक एक्चेन्समा सुचिकृत ४३ वटा हाइड्रो पावर मध्ये  ९ कम्पनीहरुको अघिल्लो आर्थिक वर्ष २०७७\०७८ को नाफाबाट बोनस तथा नगद लाभांश घोषणा गरेका छन्।

images
images

काठमाडौं- नेपाल स्टक एक्चेन्समा सूचीकृत ४३ वटा हाइड्रो पावरमध्ये ९ कम्पनीको अघिल्लो आर्थिक वर्ष २०७७\०७८ को नाफाबाट लाभांश घोषणा गरेका छन्।

images
images
images

हालसम्म हाइड्रो पावरतर्फ ९ वटा  कम्पनीहरुले मात्र लाभांश घोषणा गरेका छन्। जसमध्ये सर्वाधिक लाभांश घोषणा गर्नेमा न्यादी पावर कम्पनी रहेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट कूल २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमध्ये २० प्रतिशत सेयर लाभांश दिने भएको छ भने १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिने भएको हो।

दोस्रो बढी लाभांश घोषणा गर्ने कम्पनीमा अरुण काबेली रहेको छ। काबेलीले १७ प्रतिशत सेयर लाभांश दिने भएको छ भने शून्य दशमलव ८९ प्रतिशत नगद गरी कूल १७ दशमलव ८९ प्रतिशत लाभांश दिने भएको हो। कम्पनीले भदौ ११ गते बुक क्लोज गरेको थियो।

images

अपि पावर कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कूल ११ दशमलव शून्य ५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १० दशमलव ५ प्रतिशत सेयर लाभांश शून्य दशमलव ५५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यसैगरी रिडि र रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले नगद लाभांश मात्र घोषणा गरेको छ। दुबै कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छन्।

images

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कूल १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको छ। १० प्रतिशत सेयर लाभांश र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

कम्पनीले कात्तिक ३ गते नै बुक क्लोज गरेको छ। त्यस्तै रुरु जलविद्युत परियोजनाले १० प्रतिशत नगद लाभांश, शून्य दशमलव ५२ प्रतिशत सेयर लाभांश गरी कूल १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको हो।कम्पनीको असोज ७ गते बुक क्लोज भएको छ।

सानिमा माइ हाइड्रो पावर शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश र १० प्रतिशत सेयर लाभांश दिने भएको छ। कम्पनीले यस चैत २८ गते नै बुक क्लोज गरेको छ।

अरुणभ्याली हाइड्रो पावर कम्पनीले शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश र  १० प्रतिशत सेयर लाभांश गरी कूल १० दशमलव ५२ प्रतिशत लाभांश दिने भएको हो। कम्पनीले असोज ११ गते बुक क्लोज घोषणा गरेको छ। 

कुनकाे लाभांश कति ?

hyadro.PNG

 


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend