काठमाडौ- ङादी ग्रुप पावर लिमिटेड कम्पनीले दुई सय प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको छ। कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि सिद्धार्थ क्यापिटलाई व्यवस्थापनको जिम्मा दिएको छ।
कम्पनीले गतवर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत सेयर लाभांश दिँदै छ। सोही लाभांश थपिने चुक्तापुँजीबाट सेयरधनीलाई २ सय प्रतिशतसम्म हकप्रदको प्रस्ताव गरेको हो।
कम्पनीले १ कित्ता सेयर हुनेहरूलाई २ कित्ता सेयर भर्न पाउने गरी हकप्रद दिन लागेको हो। कम्पनीको पहिलो त्रैमासिकमा ११ करोड रुपैयाँ खुद नाफासमेत कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी २०.८४ पैसा रहेको छ।