बिहीबार , वैशाख २७ गते २०८१    
images
images

विद्युतीय सवारीमा लय समाउँदै दीगो ग्रुप

images
images
images
विद्युतीय सवारीमा लय समाउँदै दीगो ग्रुप

समूहले दीगो ब्रान्डका कार, सीएचटीसी ब्रान्डका ठूला बस, जेएसी ब्रान्डको पिकअप, डीएफएसके ब्रान्डको माइक्रोबस तथा भ्यान, जोयलङ ब्रान्डको २० सिट क्षमताको माइक्रोबस र कियता ब्रान्डको लाइट कमर्सियल गाडी उपलब्ध गराएको छ।

images
images

काठमाडौं- सरकारले विद्युतीय सवारीलाई प्रथमिकता दिने नीति लिएसँगै यसमा व्यावसायीक घरानाहरुको चासो बढ्दै गइरहेको छ। विगतमा इन्धनबाट चल्नै सवारी ल्याउन घरानाबीच प्रतिस्पर्धा चल्थ्यो भने अहिले विद्युतीय सवारी ल्याउने विषयमा सबै चनाखो छन्।

images
images
images

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले निजी प्रयोजनका विद्युतीय करमा उल्लेख्य कर वृद्धि गरेपछि कारको आयात ठप्प प्रायः भएको थियो। तर त्यसपछि अर्थमन्त्री बनेका विष्णु पौडेलले विद्युतीय कारमा खतिवडाले बढाएको कर घटाइदिए।

images

त्यसयता विद्युतीय कारको आयातमा उल्लेख्य वृद्धि भएको छ। वायु प्रदूषण नगर्ने, ध्वनी प्रदूषण न्यून गर्न, सञ्चालन खर्च न्यून भएको हुँदा उपभोक्ताहरुको रोजाइमा विद्युतीय कार पर्न थालेको छ। संसारभर नै इन्धनबाट चल्ने सवारीको विकल्पको रुपमा विद्युतीय सवारीलाई प्राथमिकता दिइएको छ।

images

नेपाली बजारमा पनि विभिन्न ब्रान्डका विद्युतीय कार, ठूला बस, माइक्रोबस, भ्यान, पिकअप, मोटरसाइकल तथा स्कुटर बिक्री हुँदै आएको छ। विभिन्न व्यवसायीक घरानाले विद्युतीय सवारी आयात गर्दै आएका छन्।  त्यस्तै मध्येको एउटा घराना हो दीगो समूह।

images
images

दीगो समूहले दुईपांग्रे बाहेक कार, ठूला बस, पिकअप, माइक्रोबस, भ्यान तथा लाइट कमर्सिलय भेइकल (एलसीभी) समेत उपलब्ध गराउँदै आएको छ। यो समूहले निजी कारलाईमात्र नभइ ठूला विद्युतीय बसलाई समेत उच्च प्राथमिकता दिएको छ।

joilong.jpg

पछिल्लो पटक साझा यातायातको गरेको विद्युतीय बस खरिदको टेन्डर समेत दीगो समूहले नै आयात गर्दै आएको सीएचटीसीले पाएको थियो। कम्पनीले साझालाई ४० विद्युतीय बस तथा चार्जर आपूर्ति गर्ने सम्झौता गरिसकेको छ।

त्यस्तै समूहले विमानस्थनमा समेत विद्युतीय बस उपलब्ध गराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनको आन्तरिकतर्फ गुण एयरसाइन्सले चलाएको दुई वटा र्याम बस समेत सीएचटीसीकै हुन्। त्यस्तै कम्पनीले ११ सिट क्षमताको विद्युतीय माइक्रो बस समेत बिक्री गर्दै आएको छ।

यी हुन् दीगो समूहले ल्याएका विद्युतीय सवारी ब्रान्ड

दीगो समूहले नेपाली बजारमा करिब आधा दर्जन ब्रान्डका विद्युतीय सवारी उपलब्ध गराउँदै आएको छ। समूहले दीगो ब्रान्डका कार, सीएचटीसी ब्रान्डका ठूला बस, जेएसी ब्रान्डको पिकअप, डीएफएसके ब्रान्डको माइक्रोबस तथा भ्यान, जोयलङ ब्रान्डको २० सिट क्षमताको माइक्रोबस र कियता ब्रान्डको लाइट कमर्सियल गाडी उपलब्ध गराएको छ।

electric vehicle (3).jpg

सरकारले सार्वजनिक प्रयोजनमा प्रयोग हुने विद्युतीय सवारीलाई समेत प्रदूषण गर्ने इन्धन सवारीलाई सरह व्यवहार गरेको दी गो समूह अन्तर्गतको एनईभी नेपालका प्रमुख कार्यकारी अधिकृत दिपक थापाले बताए। ‘सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने नीति लिएको छ। तर सरकार मातहतका यातायात कार्यालयहरुले विद्युतीय सवारीलाई पनि इन्धन सवारी सरह व्यवहार गर्दा समस्या भएको छ,’ उनले भने, ‘वातावरण प्रदूषणमा शून्य प्रभाव रहेको सवारीलाई गरिने व्यवहारमा परिवर्तन जरुरी छ।’

दीगो समूहले निजी प्रयोजनका मात्र नभइ सार्वजनिक प्रयोजनका विद्युतीय सवारीलाई समेत विशेष प्राथमिकता दिएको थापाले जानकारी दिए। ‘हाम्रो लक्ष्य व्यापारमात्र नभइ सबै प्रकारका विद्युतीय सवारीमार्फत वातावरण प्रदूषण न्यूनीकरणमा योगदान दिनु रहेको छ,’ उनले भने, ‘त्यसैले कम्पनीको नारा नै ‘मिसन जिरो इमिसन’ रहेको छ।’

विद्युतीय सवारी प्रवद्र्धनका लागि विद्युत प्राधिकरणले चाजिङ स्टेसन निर्माण तथा त्यहाँ उपलब्ध गराउने विद्युत महसुलमा समेत सहुलियत दिनुपर्ने विद्युतीय सवारी बिक्रेताहरुको भनाइ छ। प्राधिकरण विद्युत खेर गइरहको बताइ रहँदा विद्युतीय सवारीलाई सहजरुपमा विद्युत उपलब्ध गराउने हो भने थोरै भएपनि खपत बढ्ने उनीहरुको तर्क छ।

e8 edt.PNG

‘चार्ज प्वाइन्ट’

दी गो समूहले विद्युतीय सवारी बिक्रीका साथै चार्जिङ स्टेसन निर्माणलाई समेत विशेष जोड दिएको छ। समूहले केही समयअघि सिन्धुलीको मुलकोटमा विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो। दी गोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दी गो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ।

कम्पनीले सुनकोशी गाउँपालिकामा पर्ने मुलकोटमा अहिले ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ। यो चार्जरले बीपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सहज हुनेछ। 

theego_bp.jpg

अहिले काठमाडौं-सिन्धुली रुटमा दी गोले बिक्रि गरेका विद्युतीय माइक्रोबसहरु संचालनमा रहेका छन्। डीफएसके ब्रान्डको सो विद्युतीय सवारी २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो।

समूहले पृथ्वी राजमार्गको कुरिनटारमा समेत दी गो चार्ज प्वाइन्ट निर्माण सकिएको जनाएको छ। समूले आगामी सातासम्ममा उक्त चार्ज प्वाइन्ट सञ्चालनमा ल्याउने जनाएको छ।

समूहले विद्यूतीय सवारीको सर्भिसिङका लागि नागपोखरीमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ। आगामी दिनमा सर्भिसेन्टर उपत्यका सहित देशका विभिन्न सहरमा विस्तार गर्ने योजना रहेको समूहले जनाएको छ।

images

प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend