काठमाडौं- हवाई इन्धनको मूल्य वृद्धि भएपछि निजी वायुसेवा कम्पनीहरूले हवाईभाडा पनि बढाएका छन्। कम्पनीहरूले उडान गन्तब्यमा फ्युल सरचार्ज वृद्धि भएको हो। बढेकाे हवाइ भाडादार साेमवारदेखि लागू हुने वायुसेवा सञ्चालक संघले जनाएकाे छ।
आयल निगमले हवाई इन्धनको पाँच रुपैयाँ बढाएपछि सरचार्ज वृद्धि भएको हो। वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको छ। प्राधिकरणले स्विकृत गरेलगत्यै नयाँ भाडादर लागू हुने छ।
गत अक्टोबर ३० तारिख अगाडि प्रति लिटर ८६ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १० रुपैयाँले वृद्धि भइ ९६ रुपैयाँ कायम गरिएको थियो। आयल निगमले यसको ठिक १० दिनपछि नोभेम्बर १० तारिखमा पाँच रुपैयाँ वृद्धि गरी लिटरको एक सय एक रुपैयाँ कायम गरेको हो।