शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

टाटा मोटर्सले बिक्री गर्‍यो १ लाख विद्युतीय कार, ४ नयाँ ईभी आउँदै

नेपाल टाटा ईभीका लागि राम्रो बजार 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २८ २०८०
images
images
टाटा मोटर्सले बिक्री गर्‍यो १ लाख विद्युतीय कार, ४ नयाँ ईभी आउँदै

त्यसैले कम्पनीले नेक्सन ईभीकै फेसलिफ्ट मोाडल समेत ल्याउने बताइसकेको छ। त्यस्तै टाटा मोटर्सले ह्यारियर ईभी, पन्च ईभी र कर्भ ईभी अबको एक वर्षभित्र बिक्रीका लागि ल्याइसक्ने जनाएको छ। 

images
images

काठमाडौं- टाटा मोटर्सले एक लाख विद्युतीय कार उत्पादन गरेको छ। विद्युतीय कार उत्पादनमा आक्रामक देखिएको टाटाले छोटो अवधिमा १ लाख विद्युतीय कार बिक्री गरेको हो।  

images
images

टाटाले उत्पादन गरेर विद्युतीय कारमा नेक्सन ईभी सबैभन्दा धेरै बिक्री भएको छ। नेपाली बजारमा समेत टाटाको नेक्सन ईभी नै धेरै बिक्री भइरहेको छ। नेक्सन ईभी, नेक्सन ईभी म्याक्ससँगै टिगोर ईभी र टियागो ईभी अहिले बजारमा बिक्री भइरहेका छन्। त्यस्तै टाटाले भारतमा फ्लिट सर्भिसका लागि एक्सप्रेस टी ईभी बिक्री गरिरहेको छ। 

images
images

टाटा मोटर्सको इलेक्ट्रिक डिभिजनले पाँच वर्षको अवधिमा १ लाख विद्युतीय कार उत्पादन तथा बिक्री गरि ऐतिहासिक उपलब्धि हासिल गरेको टाटा मोटर्सले जनाएको छ। टाटा मोटर्सकाअनुसार टाटालाई पहिलो १० हजार इभी बिक्री गर्न करिब ४ वर्ष लागेको थियो। त्यसयता ४० हजार विद्युतीय कार बिक्री गर्न १५ महिना मात्र लाग्यो थियो। विद्युतीय कारको बिक्री रफ्तार पछिल्लो समय निक्कै बढेको छ। सोहीकारण अर्को ५० हजार विद्युतीय कार बिक्री उपलब्धी टाटा मोटर्सले ९ महिनामै हासिल गरेको हो। 

images
images

टाटा मोटर्सले भारतीय बजारमा विद्युतीय कार सेगमेन्टमा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। टाटा मोटर्सले १ वर्षअघि कम मूल्यको विद्युतीय ह्याचब्याक कार टियागो ईभी सार्वजनिक गरेको थियो। टियागो ईभी सार्वजनिक भएसँगै टाटाको विद्युतीय कार बिक्री हिस्सामा ठूलो योगदान रहेको छ। सहरी यात्राका लागि शून्य प्रदूषण गर्ने र कम मूल्यमा उपलब्ध भएकाले टियागो ईभी धेरैको रोजाइमा रहेको छ। टाटा मोटर्सले हालसम्म १९ हजारभन्दा बककढी टियागो ईभी बिक्री गरिसकेको छ। 

विद्युतीय कारमा टाटा मोटर्सको लय नेक्सन ईभीले तय गरेको हो। नेक्सन छोटो तथा मध्यम यात्रा गर्ने प्यासेन्जर कार प्रयोगकर्ताका लागि उपयुक्त कार ठहरीएकाले यो धेरैको रोजाइमा परेको हो। उच्च ग्राउन्ड क्लियरेन्स र पर्याप्त स्पेस भएको कम्प्याक्ट एसयूभी नेक्सन ईभी नेपाली बाटोका लागि पनि उपयुक्त ठहरीएको छ। त्यसैले नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले करिब ३ हजार नेक्सन ईभी बिक्री गरिसकेको छ। केही महिनाअघि नेक्सन ईभी म्याक्ससमेत भित्रिएको थियो। 

टाटा मोटर्सले नेक्सन ईभी नै ५० हजार वटाभन्दा बढी बिक्री गरिसकेको छ। त्यसैले कम्पनीले नेक्सन ईभीकै फेसलिफ्ट मोाडल समेत ल्याउने बताइसकेको छ। त्यस्तै टाटा मोटर्सले ह्यारियर ईभी, पन्च ईभी र कर्भ ईभी अबको एक वर्षभित्र बिक्रीका लागि ल्याइसक्ने जनाएको छ। 

टाटा मोटर्सले भारत तथा नेपालमा विद्युतीय सवारीका लागि चाहिने इको सिस्टम नै निर्मार्णमा जोड दिएको छ। त्यसैले चार्जिङ पूर्वाधार, सर्भिसलगायतमा उच्च प्राथमिकता दिएको छ। सिप्रदीले नेपालमा टाटाको एक्सप्रेस टी ईभीलाई ट्याक्सीका रुपमा समेत उपलब्ध गराएको छ। एक्सप्रेस टी ईभी ट्याक्सीले लोकप्रियताको ग्राफ बढाउँदै गएको छ। कम्पनीले टाटा टियागो ईभी नाडा अटो शोसम्ममा नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ।  


प्रकाशित : आइतबार, साउन २८ २०८००८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend