शुक्रबार, जेठ ४ गते २०८१    
images
images

गमगढी-नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी 

images
आइतबार, साउन २८ २०८०
images
images
गमगढी-नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी 

नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिंगो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ। 

images
images

मुगु- उत्तरी सिमाना चीन जोड्ने गमगढी-नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ। आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुवात गरिएको थियो। गमगढी-नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो।

images
images
images

मुगु जिल्लाको मात्र नभइ सिंगो कर्णाली प्रदेशकै ‘लाइफ लाइन’का रूपमा रहेको सो सडकखण्ड ९६ किमीको छ। थोरै मात्रामा बजेट विनियोजित गर्दा वर्षाका समयमा खनिएको सडकमाथिबाट आएको पहिरो पन्छाउन पनि अपुग हुने गरेको बताइएको छ। समयमै गमगढी नाक्चेलाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको छ। नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिंगो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ। 

images

तत्कालीन जिल्ला विकास समितिमुगका पूर्वसभापति डिल्ली भट्टका अनुसार आफ्नो कार्यकालमा मुगुवासीको मागअनुसार यस सडकलाई उत्तरी नाकामा रहेको देश चीनसँग जोड्नका लागि आव २०६२/६३ मा विस्तृत सर्भेका लागि बोलपत्रमार्फत सर्भे गरेको थियो। उक्त सर्भे गर्दा सो सडकको २५ करोड रूपैयाँ लागत अनुमान गरिएको थियो। देश संघीय संरचनामा गइसकेपछि उक्त सडक संघीय सरकारको मातहतमा राखियो। यसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन। पुनः गमगढी-नाक्चेलाग्ना सडकको ढुंगेधारासम्म ‘डीपीआर’ गरी विसं २०७३ बाट सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो।

images
images

जिल्ला समन्वय समितिका निर्वतमान संयोजक पूर्णबहादुर रोकाया भने, 'गमगढी-नाक्चेलाग्ना सडक त्रिदेशीय अन्तर्राष्ट्रियस्तरको भएर पनि संघीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाय हो। सदियौँदेखिको कर्णालीवासीको तिब्बतमा जडीबुडी, ऊन र नुनका साथै भेडा-च्याङ्ग्राको व्यापार विस्तार गर्ने सपना साँघुरिँदै गएको छ।'

images
images

सडक डिभिजन कार्यालय जुम्लाबाट गमगढी-नाक्चेलाग्ना सडकको लागि खटिएका इन्जिनियर वीरबहादुर जिटीले संघीय सरकारले यही तरिकाबाट बजेट छुट्याउने हो भने सडक कहिले निर्माण सम्पन्न हुने हो कुनै टुंगो नभएको बताए। सडकको लागि पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेको खण्डमा निर्माण चाँडै सम्पन्न गर्न समस्या नरहेको बताए।

गत आव २०७८/७९ चार करोड ९३ लाख रूपैयाँ सडक निर्माणमा खर्च भएको थियो भने आव २०७९/८० मा चार करोड ४० लाख रूपैयाँ खर्च भएको बताइएको छ। उनले गमगढीबाट मुगुम् कार्मारोङ गाउँपालिका-९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माण पूरा भएको जानकारी दिए। हालसम्म सडक निर्माणका लागि करिब २० करोड रूपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। हाल सडक निर्माणको काम थोदुङ क्याराभान जेभी निर्माण कम्पनीले लिएको छ।

गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं नागरिक अगुवा सन्तोषकुमार मल्लले भने, 'गमगढी-नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गर्न संघीय सरकारले प्राथमिकतामा राख्नुपर्छ। यसका लागि जिल्लाका  जनप्रतिनिधिले आवाज उठान गर्नुपर्छ।' रासस


प्रकाशित : आइतबार, साउन २८ २०८००५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend