सोमबार, वैशाख १७ गते २०८१    
images
images

आयातित मदिराको अन्त:शुल्क स्टिकर सुरक्षाका लागि 'श्रिंक क्याप' प्रयोग गर्न विभागको निर्देशन

images
images
images
आयातित मदिराको अन्त:शुल्क स्टिकर सुरक्षाका लागि 'श्रिंक क्याप' प्रयोग गर्न विभागको निर्देशन
images
images

काठमाडौं- आन्तरिक राजस्व विभागले आयातित मदिरामा प्रयोग हुने अन्त:शुल्क स्टिकरको सुरक्षाका लागि पारदर्शी प्लास्टिकको खोल(श्रिंक क्याप) प्रयोग गर्न सूचना जारी गरेको छ।

images
images
images

अन्त:शुल्क नियमावली २०५९ को चौबिसौँ संशोधन गर्दै विभागले यस्तो व्यवस्था गरेको हो। उक्त व्यवस्था आगामी असोजबाट कार्यान्वयनमा आउने विभागले जारी गरेको सूचनामा उल्लेख गरेको छ।

images

असोज १ गतेबाट पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा(बियर, वाइन र साइडर बाहेकका) वोतलमा अन्त:शुल्क टिकटको सुरक्षाका लागि श्रिंक क्याप गर्नुपर्ने व्यवस्थासहित नियाम २९(ग) संशोधन गरेको विभागले जनाएको छ।

images

आगामी असोज १ गते बाट श्रिंक क्याप प्रयोगमा आउने भएकाले यसको उल्लघंन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने विभागले जनाएको छ।

images
images

images

प्रकाशित : शनिबार, साउन २७ २०८००३:१०

प्रतिक्रिया दिनुहोस