बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

अध्यागमनले नियन्त्रणमा लिएका रोहन अडुकियालाई राजस्व अनुसन्धान र सीआईबीले लिन मानेनन्

images
शुक्रबार, साउन २६ २०८०
images
images
अध्यागमनले नियन्त्रणमा लिएका रोहन अडुकियालाई राजस्व अनुसन्धान र सीआईबीले लिन मानेनन्

राजस्व अनुसन्धान विभागले अडुकियालाई नियन्त्रण लिन अस्वीकार गरेपछि अध्यागमनको टोली उनलाई दिएर सीआईबीको कार्यालय महाराजगन्जतर्फ लागेको थियो। 

images
images

काठमाडौं- नयाँ दिल्लीबाट शुक्रबार काठमाडौं फर्किएका रोहन अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले नियन्त्रणमा लियो। रोहन नियमित रुपमा दुबई, हङकङलगायतका स्थानमा भ्रमण गरेको भन्दै अध्यागमन विभागले शंकास्पद सूचीमा राखेको थियो।

images
images

सोही आधारमा अध्यागमनले शुक्रबार बिहान नियन्त्रणमा लिएको थियो। १ सय किलो सुन तस्करीमा संलग्न भएको आशंकामा रोहनलाई नियन्त्रणमा लिइएको थियो। तर अध्यागनमले नियन्त्रणमा लिएका उनलाई सुन तस्करीकाे अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझ्न मानेन। 

images
images

राजस्व अनुसन्धानले अडुकियालाई कसैले पनि विभागमा नबुझाएको र नियन्त्रणमा लिन आग्रह गर्दै अध्यागमन विभागलाई कुनै पत्र नलेखेको विभागले जनाएको छ। प्रहरीले अडुकियालाई भ्यानमा राखेर राजस्व अनुसन्धान विभागमा बुझाउन खोजेको थियो।

images
images

तर राजस्व अनुसन्धानले १०० किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेकाले आफूहरुले सुन तस्करीको विषयमा आरोप लागेका कुनै व्यक्तिलाई नियन्त्रणमा नलिने र अडुकियालाई नियन्त्रण लिनुपर्ने कुनै कारण नभएको बताएको थियो। 

राजस्व अनुसन्धान विभागले अडुकियालाई नियन्त्रण लिन अस्वीकार गरेपछि अध्यागमनको टोली उनलाई दिएर सीआईबीको कार्यालय महाराजगन्जतर्फ लागेको थियो। 

सीआईबीले पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा रोहन अडुकियालाई नियन्त्रणमा लिनुपर्ने कुनै आधार नदेखिएको भन्दै  नियन्त्रणमा नलिने जानकारी अध्यागमन कार्यालयका अधिकृत र विमानस्थलका प्रहरीलाई गराए। रोहनबारे प्रहरीमा उजुरी पनि नपरेको र १ सय किलो सुन प्रकरणमा उनको संलग्नता नदेखिएकाले उनलाई नियन्त्रणमा लिन आवश्यक नरहेको जानकारी गरायो।

राजस्व अनुसन्धान विभाग र सीआईबीले रोहन हाल शंकास्पद सूचीमा नरहेकाले नियन्त्रणमा नलिने बताएपछि अध्यागमन कार्यालय दबाबमा परेको छ। 


प्रकाशित : शुक्रबार, साउन २६ २०८०१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend