आइतबार, मंसिर ९ गते २०८१    
images
images

एनआईसी एसियाले ल्यायो २५ लाखदेखि १२ करोडसम्मको कर्जा योजना, घर, सेयर बजार र साना व्यवसायीले पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २६ २०८०
images
images
एनआईसी एसियाले ल्यायो २५ लाखदेखि १२ करोडसम्मको कर्जा योजना, घर, सेयर बजार र साना व्यवसायीले पाउने
images
images

काठमाडौं- एनआईसी एसिया बैंकले साना तथा मझौला ऋणीलाई मध्यनजर गर्दै विभिन्न तीन कर्जा योजना सार्वजनिक गरेको छ। न्यूनतम तथा आकर्षक ब्याजदरमा उक्त कर्जा योजना ल्याएको बैंकले जनाएको छ। बैंकले सार्वजनिक गरेको नयाँ कर्जा योजनामा अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा रहेको जनाएको छ। 

images
images
images

बैंकले न्यूनतम  २५ लाखदेखि अधिकतम  १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ। २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा न्युनतम ब्याजदर पाउने बैंकले जनाएको छ। 

images

उक्त कर्जा  निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ। साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ।

images

यस्तै व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम  ५ करोडसम्म कर्जा पाउने बैंकले जनाएको छ। अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर तोकिएको छ।साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायीका लागि उक्त कर्जा उपयोगी हुने बैंकले जनाएको छ। 

यस्तै, बैंकले सेयर लगानीकर्ताका लागि भन्दै  न्युनतम ५० लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट सेयर धितो कर्जाको ल्याएको छ। न्युनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको यस बैंकले कर्जा अवधि १ वर्ष तोकेको छ। सेयर कर्जाको भुक्तानी अवधि सकिएपनि वार्षिक रुपमा नवीकरण गर्न सकिने बैंकले जनाएको छ। 

एनआईसी एसिया बैंकको मुलुकभर ३६० शाखा कार्यालयहरू रहेका छन्। यस बैंकले देशभरमा ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यस बैंकले २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकार भुक्तानी गरेको दाबी गर्दै आएको छ। गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई तिरेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा समेत यस बैंकले शाखा संचालन गर्दै आएको छ। 

बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा यस बैंकले शाखा विस्तार  गरेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ।


प्रकाशित : शुक्रबार, साउन २६ २०८००६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend