मंगलबार, वैशाख २५ गते २०८१    
images
images

ईभी सिक्स र ईभी नाइनपछि विद्युतीय एसयूभी ईभी फाइभ ल्याउँदै किया

images
images
images
ईभी सिक्स र ईभी नाइनपछि विद्युतीय एसयूभी ईभी फाइभ ल्याउँदै किया

ईभी फाइभमा ८२ किलोवाट आवरको ब्याट्री प्याक हुने र एक पटकको फुल चार्जमा करिब ६ सय किलोमिरट रेन्ज दिनेछ। 

images
images

काठमाडौं- विद्युतीय कार उत्पादनमा आक्रामक कोरियाली कार उत्पादक कम्पनी कियाले अर्को विद्युतीय एसयूभी सार्वजनिक गर्ने भएको छ। क्रसओभर सेगमेन्टको ईभी सिक्स र ईभी नाइन एसयूभी बजारमा ल्याएको कियाले नयाँ विद्युतीय एसयूभी ल्याउने घोषणा गरेको हो। 

images
images
images

कियाले आफ्नो तेस्रो विद्युतीय कार ईभी फाइभ आगामी महिना सार्वजनिक गर्ने भएको छ। चीनमा हुने चेन्दु मोटर शोमा अगस्ट २५ मा ईभी फाइभ सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। 

images

किया ईभी फाइभ ईभी नाइनको डिजाइनबाट प्रभावित रहेको छ। गएको जनवरीमा भारतमा भएको अटो एक्सपो २०२३ मा शोकेस गरिएको ईभी नाइन हाल उत्पादनको चरणमा रहेको छ। कियाले आफ्ना विद्युतीय कार ई-जीएमपी प्लेटफर्ममा उत्पादन गरिरहेको छ। ईभी फाइभ पनि सोही प्लेटफर्ममा बन्ने छ। किया ईभी फाइभ ईभी नाइनभन्दा सानो तर स्पोटेर्ज सरहको हुने अनुमान गरिएको छ। 

images

ईभी फाइभमा ८२ किलोवाट आवरको ब्याट्री प्याक हुने र एक पटकको फुल चार्जमा करिब ६ सय किलोमिरट रेन्ज दिनेछ। 

images
images

नेपालमा ईभी सिक्सको बुकिङ

निक्कै अघिदेखि आउने चर्चा भइरहेको ईभी सिक्स नेपाल आउने निश्चित भएसँगै कम्पनीले बुकिङ खुलाएको हो। कियाका विद्युतीय कार धेरै अघिदेखि नेपाली बजारमा बिक्री हुँदै आएको छ। कन्टिनेन्टल ट्रेडिङले साउन १ देखि ईभी सिक्सको बुकिङ खुलाएको हो। 

गत वर्ष नै नेपाल ल्याउने योजना बनाएको भएपनि सरकार विद्युतीय कारमा अस्वभाविक कर बढाएपछि कियाको विद्युतीय कार आयात राकिएको थियो। विश्व बजारमा राम्रो प्रतिक्रिया पाइरहेको किया ईभी सिक्स आकर्षक डिजाइन र विशेषतायुक्त रहेको छ। 

कन्टिनेन्टलले किया ईभी सिक्सलाई नाडा अटो शो २०२३ अगावै आइपुग्ने र शोमा प्रमुख आकर्षणका रुपमा प्रदर्शनीका लागि राख्ने भएको छ। यो कारको नेपाली बजार मूल्य सवा करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। 

किया ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने छ भने यसमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ। किया ईभी सिक्स ई-जीएमपी सकेटबोर्ड आर्किटेक्चरमा आधारित कियाको पहिलो मोडल हो। 

यसअघि कियाको सोल ईभी र निरो ईभी नेपाली बजारमा उपलब्ध थियो। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले निरो ईभी पुनः ल्याउने तयारी गरिरहेको छ। बीचको समयमा कर बढेका कारण धेरै मोडलका विद्युतीय कार नेपाल आउन सकेका थिएनन्। अब भने क्रमिक रुपमा नयाँ नयाँ विद्युतीय कार आउने क्रम बढेको छ। 

images

प्रकाशित : शुक्रबार, साउन २६ २०८००६:२३

प्रतिक्रिया दिनुहोस