आइतबार, असोज ६ गते २०८१    
images
images

साझा भण्डार सहकारीका पूर्वअध्यक्ष जयबहादुर खड्कासहित तत्कालीन सञ्चालक‍विरुद्ध भ्रष्टाचार मुद्दा 

images
बिहीबार , साउन २५ २०८०
images
images
साझा भण्डार सहकारीका पूर्वअध्यक्ष जयबहादुर खड्कासहित तत्कालीन सञ्चालक‍विरुद्ध भ्रष्टाचार मुद्दा 

अभियुक्तहरूले साझा सहकारीको नाममा रहेको सुर्खेत र बाँकेमा रहेका जग्गा अत्यन्त कम मूल्यमा बिक्री गर्ने निर्णय गरी व्यक्ति विशेषलाई बिक्री गरी संस्थालाई ४ करोड ४ लाख २४ हजार १८१ रुपैयाँ नोक्सानी पुर्‍याएको अख्तियारले ठहर गरेको छ। 

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारीका पूर्वअध्यक्ष, महाप्रबन्धक तथा सदस्यहरूविरुद्ध मुद्दा दायर गरेको छ। 

images
images
images

अख्तियारले साझाका पूर्वअध्यक्ष जयकुमार खड्का, संचालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रवन्धक अमर थापालेविरुद्ध भ्रष्टचार गरेको अभियोगमा मुद्दा दर्ता गराएको हो।

साझा भण्डार सहकारी संस्था लिमिटेड, भोटाहिटी, काठमाडौंको नाममा रहेको सुर्खेत जिल्ला साविक कटकुवा गा.पं. ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०-२-० को जग्गा र बाँके जिल्ला, कोहलपुर गा.वि.स. वडा नं. ३ (क) को क्षेत्रफल ०-२-१७ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको अभियोगमा अख्तियारले उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो। 

अभियुक्तहरूले साझा सहकारीको नाममा रहेको सुर्खेत र बाँकेमा रहेका जग्गा अत्यन्त कम मूल्यमा बिक्री गर्ने निर्णय गरी व्यक्ति विशेषलाई बिक्री गरी संस्थालाई ४ करोड ४ लाख २४ हजार १८१ रुपैयाँ नोक्सानी पुर्‍याएको अख्तियारले ठहर गरेको छ। 

images

त्यस्तै अख्तियारले तत्काली सञ्चालक समितिका सदस्य योगेन्द्रनाथ कर्माचार्यविरुद्ध पनि मुद्दा दायर गरेको छ। 

त्यस्तै सुर्खेतको जग्गा खरिद गर्ने जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, टोखा न.पा. ३, बाँसबारी बस्ने गीताकुमारी शाहीवीरुद्ध पनि बिगो असुल तथा सजाय माग गर्दै अख्तियारले मुद्दा दायर गरेको छ। शाहीले सुर्खेतकोल्साविक कटकुवा गा.वि.स. वडा नं. ९ हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०-२-० को जग्गा, वोलपत्र प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्य लिई आफन्त नातागोताको नाम राखी, वेसरोकारवाला व्यक्तिसमेतको नागरिकताको प्रतिलिपि लिई निजहरुको मन्जुरी विना वोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरेको अभियोग रहेको छ। 

कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने सुरोज गिरीले साझा भण्डार सहकारी लि.को नाममा रहेको बाँके जिल्ला, कोहलपुर गा.वि.स. वडा नं. ३(क) को क्षेत्रफल ०-२-१७ को जग्गा वोलपत्र प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्य राखी वेसरोकारवाला व्यक्तिको नागरिकताको प्रतिलिपि लिई निजको मन्जुरी विना वोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर भएको छ। 


प्रकाशित : बिहीबार , साउन २५ २०८००९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend