शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

दुई वर्षमा आधा पनि सकिएन भलुवा सिमसारको काम, निर्माण कार्य ठप्प

images
images
images
दुई वर्षमा आधा पनि सकिएन भलुवा सिमसारको काम, निर्माण कार्य ठप्प

सिमसारमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी तीन करोड ६५ लाख ९८ हजार आठ सय ७० रूपैयाँमा स्काई सएस मुटुयल जेभीले ठेक्का लिएकामा हालसम्म ४० प्रतिशत पनि निर्माण सम्पन्न भएको छैन।

images
images

पथरी- मोरङको कानेपोखरी गाउँपालिकाको वडानं७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माण कार्य अलपत्र परेको छ। सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल बनाउने भन्दै २०७८ मंसिर ७ मा तत्कालीन गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले शिलान्यास गरेका थिए।

images
images
images

उक्त सिमसारको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पाँच करोड रूपैयाँ विनियोजन गरिएको थियो। केही काम सुरु गरिए पनि सिमसारमा हाल निर्माणको काम ठप्प छ। सिमसार निर्माणका लागि पूर्वमन्त्री भानुभक्त ढकालले उक्त रकम उपलब्ध गराएका थिए। मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत बेहोर्ने गरी सो रकम विनियोजन गरिएको थियो।

images

सिमसारमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी तीन करोड ६५ लाख ९८ हजार आठ सय ७० रूपैयाँमा स्काई सएस मुटुयल जेभीले ठेक्का लिएकामा हालसम्म ४० प्रतिशत पनि निर्माण सम्पन्न भएको छैन। सिमसारका लागि पहिलो र दोस्रो गरी दुई किस्तामा ५७ लाख ९० हजार दुई सय ६० रूपैयाँ निकासा भएको गाउँपालिकाले जनाएको छ।

images

पालिकाकी अध्यक्ष राजमती इङनामले वन क्षेत्रभित्र पर्ने भएकाले र केन्द्रबाट बजेट नआएका कारण काम रोकिएको बताए। वनले कार्ययोजना बनाएपछि काम फेरि छिट्टै सुरु हुने उनको भनाइ थियो। केन्द्रीय सरकारबाट बजेट आउने भएका कारण गाउँपालिकाले यसवर्ष भलुवा सिमसारका लागि बजेट नछुटाएको अध्यक्ष इङ्नामले बताए।

images
images

करिब दुई वर्ष बितिसक्दा पनि भलुवा सिमसारको काम आधा पनि नभएको वडानं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए। ठेकेदार कम्पनीले दुई वर्षभित्र काम सम्पन्न हुने गरी काम सुरु गरेको उनको भनाइ थियो। 

सिमसारमा पोखरी सफाइ, कलभर्ट निर्माण, पैनीमा क्यानल निर्माण र घेराबारालगायत आधा काम सम्पन्न भएको वडाध्यक्ष अधिकारीले बताए। यता सिमसार संरक्षण र संवर्द्धनका लागि लाखौँ बजेट निकासा भए पनि सिमसारको उन्नति र प्रगति नभएको स्थानीयवासी सन्तोष लिम्बको गुनासो थियो। पालिकाले चासो नदिएको र पहल नगरेका कारण भएको संरचना पनि लथालिङ्ग अवस्थामा पुगेको उनको भनाइ थियो। सिमसारको कामका लागि आएको बजेट बालुवामा पानी बराबर भएको र बजेट तथा समयअनुसार आदि पनि काम नभएको स्थानीयवासी दीपा रोक्काले बताइन्।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ। पूर्व-पश्चिम राजमार्गको कानेपोखरी चोकदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको सीम तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ।

वन्यजन्तुको लागि सानो चिडियाखाना, टि हाउस, वनभोज स्थल, कटेज, स्वागत द्वार, कल्भर्ट, शौचालय, विश्रामस्थल, पाले बस्ने ठाउँ, पोखरी विस्तार, पोखरीको बीचमा पुल निर्माण, सभाकक्षसहितको पाहुना बस्ने घरजस्ता संरचना निर्माण गर्ने भनिएको थियो। अहिलेसम्म भनिएका आधा काम पनि सम्पन्न भएको छैन। उतिखेर तत्कालीन वन समितिका अध्यक्ष हरि पौडेलले उक्त सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटी १० वर्षमा पूर्वकै प्रमुख पर्यटकीयस्थल बनाउने घोषणा गरेका थिए।

सिमसार तथा जलाधार क्षेत्रबाट निस्किएको पानीले कानेपोखरीको वडा नं ४, ६ र ७ सम्म करिब एक हजार बिघाभन्दा बढी जमिनमा सिँचाइ हुँदै आएको छ। रासस

images

प्रकाशित : बिहीबार , साउन २५ २०८००७:०७

प्रतिक्रिया दिनुहोस