शनिबार, वैशाख २२ गते २०८१    
images
images

ढाकाको कपडाले बजार पाएन

images
images
images
ढाकाको कपडाले बजार पाएन
फाइल तस्बिर

११ जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन्। ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ।

images
images

रुकुमपश्चिम- रुकुमपश्चिमको मुसीकोट नगरपालिका-८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन्। महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन्।

images
images
images

११ जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन्। उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन। तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरुको गुनासो छ। हालसम्म उक्त समूहले एक लाख रूपैयाँसम्मको कपडा बुनिसकेको छ।

images

ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ। 'हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौँ, अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्', गंगा थापाले भनिन्।

images

ढाकाको कपडा बिक्री हुने आशमा महिलाहरु छन्। 'बिक्री हुने आशमा कपडा बुन्न छोडेका छैनौँ, यहाँबाट बिक्री नभएपछि बजारसम्म भए पनि कपडा पुर्‍याउने योजना हाम्रो छ', थापाले भनिन्। विगत चार वर्षदेखि अल्लो र ढाका कपडा बुन्दै आएका महिलाले यो वर्ष भने तालिमनै लिएर विभिन्न प्रकारका कपडा बुन्न सिकेका छन्। 

images
images

महिलाको आर्यआर्जन बढाउनलाई नै तालिम सञ्चालन गरेर कपडा बुन्ने तालिम दिइएको हो। महिलाले तालिम पनि लिए। सीप पनि सिके। तर उत्पादन गरेको सामानले भने बजार नपाउँदा उनीहरु निराश भएका छन्। आफै बजारको खोजिमा जाने योजना रहेको उनीहरु सुनाउँछन्।

विगतका वर्षहरुमा थोरै उत्पादन गर्ने र अल्लोको कपडा धेरै बुन्ने भएकाले पनि बजार धान्न नसेका महिलाले यो वर्ष भने ढाकाको कपडा भने बेच्न पाएका छैनन्। खलंगा बजारबाट धागो लिएर ढाकाको कपडा बुन्ने गरिएको छ। विगतका वर्षहरुमा भने ढाको कपडाभन्दा अल्लोको कपडा धेरै उत्पादन हुने गर्थे। अल्लोको भने बजारको समस्स्या नभएको थापाको भनाइ छ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, मुसिकोट नगरपालिका र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को संयुक्त आयोजनामा ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो। तीन महिनासम्म सञ्चालन भएको तालिममा सहभागी ११ महिलाले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन गर्न सिकेका छन्। रासस

images

प्रकाशित : बिहीबार , साउन २५ २०८००५:४३

प्रतिक्रिया दिनुहोस