शनिबार, वैशाख २२ गते २०८१    
images
images

एमसीसीअन्तर्गतको प्रसारण लाइन निर्माण गर्न सिन्धुपाल्चोकमा जग्गा अधिग्रहण हुँदै

images
images
images
एमसीसीअन्तर्गतको प्रसारण लाइन निर्माण गर्न सिन्धुपाल्चोकमा जग्गा अधिग्रहण हुँदै

एमसीसीअन्तर्गत ७१ किलोमिटर सडक विस्तार तथा स्तरोन्नती र ४ सय केभीको ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ।

images
images

काठमाडौं- मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले प्रसारण लाइन निर्माणका लागि सिन्धुपाल्चोकमा जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ। ४ सय किलो भोल्ट प्रसारण लाइनअन्तर्गत रातमाटे सबस्टेसनदेखि लफ्सीफेदी सबस्टेसनसम्म प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो।

images
images
images

बिहीबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक सूचना प्रकाशित गर्दै मेलम्ची नगरपालिका वडा नम्बर १, ३ र ४ मा २९ जना व्यक्तिको नाममा रहेको निजी जग्गा अधिग्रहण गर्न लागिएको जनाएको छ।

images

सो सबस्टेसनमा जग्गा पर्ने स्थानीयलाई २१ दिनभित्र रीतपूर्वक निवेदन दिन आग्रह गरिएको छ। जग्गासँगै घर, गोठ, टहरा, कटेरा तथा रुख बिरुवासमेत स्थायीरुपले अधिग्रहण गर्न लागिएको आयोजनाले जनाएको छ। 

images

जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्यादबाहेक सात दिनभित्र गृह मन्त्रालयमा उजुरी गर्न सकिनेछ। साथै आजैदेखि अधिग्रहण गरिने जग्गा रोक्का रहने हुँदा उक्त क्षेत्रमा कुनै संरचना थप्‍ने कार्य नगर्न/नगराउन आग्रह गरिएको छ।

images
images

अघिल्लो साता चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित भएको थियो। एमसीसी कम्प्याक्टअन्तर्गत निर्माण हुने आयोजना भदौदेखि निर्माणमा जाने जनाएको छ। निर्माण थालेको ५ वर्षमा कम्प्याक्टको काम पूरा गर्नुपर्ने सर्त सम्झौतामा उल्लेख छ।

एमसीसीअन्तर्गत ७१ किलोमिटर सडक विस्तार तथा स्तरोन्नती र ४ सय केभीको ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ। प्रसारण लाइनका लागि १० जिल्लामा जग्गा अधिग्रहण गर्नुपर्ने छ। 

एमसीएले निर्माण गर्ने प्रसारण लाइन काठमाडौं-सिन्धुपाल्चोक-नुवाकोट-धादिङ- मकवानपुर-चितवन-तनहुँ-पाल्पा-नवलपुर-परासी हुँदै जानेछ। 

images

प्रकाशित : बिहीबार , साउन २५ २०८००५:०२

प्रतिक्रिया दिनुहोस