शनिबार, वैशाख २२ गते २०८१    
images
images

वर्षाले ग्रामीण सडक ठप्प

images
images
images
वर्षाले ग्रामीण सडक ठप्प

केही दिनदेखिको बर्खाले गाउँमा आएका सडक सबै भत्किएर ठप्प बनेको र स्थानीय पालिकाले तत्काल नखुलाउँदा आफूहरु मारमा परेको स्थानीय गुनासो गर्छन्। स्थानीयका अनुसार बिरामीलाई अस्पताल लैजान समेत समस्या भएको छ।

images
images

ढोरपाटन- तीन दिनदेखिको अविरल वर्षाका कारण बागलुङका मुख्यसहित ग्रामीण सडक अवरुद्ध भएका छन्। मुख्य सडक वर्षा रोकिनेबित्तिकै खुलाउने गरे पनि ग्रामीण सडक ठप्प छन्। ग्रामीण सडक ठप्प हुँदा स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ। ग्रामीण सडक एक महिनादेखि ठप्प छन्। सडक ठप्प हुँदा ग्रामीण क्षेत्रबाट बिरामी अस्पताल ल्याउनसमेत समस्या भएको छ।

images
images
images

सोमबार रातिदेखि अवरुद्ध भएका राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर सञ्चालनमा आएपछि अहिले दुईतर्फ यातायात सञ्चालन भइरहेको छ। गाउँबाट मुख्य सडकमा पुग्नै निकै समस्या हुने गरेको तमानखोलाका स्थानीय भीमबहादुर रसाइलीले बताए।

images

उनले गाउँमा अहिले ज्वरो, रुघाखोकी लगायतका बिरामी बढ्दै गएको जनाउँदै पहिरोले सडक अवरुद्ध हुँदा उनीहरुलाई अस्पताल पुर्‍याउन समस्या भइरहेको बताए। उनले गाउँमा सडक नआउँदा बिरामीलाई मान्छेलेनै बोकेर अस्पतालसम्म पुर्‍याउने र सामान ढुवानी घोडा खच्चडदेखि गराउने गरेको भन्दै अहिले सडक पुगेर पनि अवस्था त्यही आएको गुनासो पोखे। पहिले सामान ढुवानीका लागि प्रशस्त खच्चड पाइने गरेको जनाउँदै उनले अहिले नपाइँदा मान्छेले नै बोक्नुपर्ने अवस्था आएको बताए।

images

'पहिले-पहिले गाउँमा मोटरबाटो आएका थिएनन्, गाडी पनि आउँदैन्थे, केही वर्षयता हिउँदभरी गाडी दौडिन्छन्, बर्खा लाग्यो भने सुनसान हुन्छन्, गाडी नचल्दा हामीले धेरै दुःख पाएका छौँ, गाउँको कोही सिकिस्त बिरामी पर्छ उसलाई छिटोछिटो अस्पताल कसरी लैजाने?, बोकेर लैजाँदा बाटोमै मर्छ कि भन्ने डर हुन्छ', रसाइलीले भने, 'सहर बजारमा सबै सुविधा हुन्छ, त्यहाँ बाह्रै महिना गाडी गुड्छन्, हाम्रो दुर्गम गाउँमा छ महिना पनि राम्रोसँग गाडी गुड्दैनन्।'

images
images

निसीखोलाका कमलमणी शर्माले सडकले हिउँदमा सुविधा दिए पनि बर्खामा दुःख मात्रै दिएको गुनासो गरे। अहिले लोकमार्गबाहेक कुनै पनि सडकमा गाडी नगुड्ने जनाउँदै उनले टाढाटाढा जानु परे हिँडेर पुग्नुपर्ने बाध्यता रहेको सुनाए। केही दिनदेखिको बर्खाले गाउँमा आएका सडक सबै भत्किएर ठप्प बनेको र स्थानीय पालिकाले तत्काल नखुलाउँदा हामी मारमा परेको उनी बताउँछन्। उनले सडक नआउँदा बर्खामा चाहिने सबै सामान वर्षा सुरु हुनुभन्दा पहिले नै जोहो गरेर राख्ने गरेको स्मरण गर्दै अहिले धेरैले पहिलेनै सामान जम्मा गरेर राख्न छोडेको बताए।

'पहिले-पहिले मोटरबाटो कतै थिएनन्, गाउँलेले बर्खा नलाग्दै, चामल, नुन, तेल जोहो गरेर बर्खाभरी पुग्ने गरी राख्थे, त्यसरी जोहो गरेर राखेको सामान, म्याद गुज्रिएको हुन्थ्यो, सडक आएपछि धेरैले एकमुस्ट सामान जम्मा गरेर राख्न छोडे', शर्माले भने, 'बर्खा लागेको केही समय त गाउँमा गाडी आउँथे, अहिले त धेरै ठाउँमा पहिरो गएर बाटो सबै बन्द भएका छन्, दसैँ अगाडि बाटो खुल्दैन, त्यस बेलासम्म भोकै बस्न भएन, बोकेर भए पनि ल्याउनुपर्‍यो।'

तमानाखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नागरिकको आवश्यकतालाई मध्यनजर गरेर बस्ती बस्तीसम्म सडक पुर्‍याइएको र बर्खाको समय केही ठाउँमा पहिरो झर्दा यातायात निरन्तर चल्न नसक्दा स्थानीयलाई सास्ती भएको बताए। आफूहरुले जोखिम न्यूनीकरण हुनेगरी सडक निर्माण गरेको भन्दै भारी वर्षाका कारण केही सडक अवरुद्ध भएको उनी बताउँछन्। पालिका केन्द्रदेखि गाउँ-गाउँमा पुग्ने सडकका बीचबीचमा धेरै खोला रहेको हुँदा गाडी चल्न नसकेको उनले बताए।

'पश्चिम बागलुङ अलि भौगोलिक रुपमा निकै जटिल ठाउँ छ, हिउँदमा गाडी चल्न कुनै समस्या हुँदैन, बर्खामा खोला बढ्ने र ठाउँठाउँमा पहिरो झर्ने हुँदा समस्या आउने गरेको छ, सबै ठाउँमा एकै पटक पुल बनाउन पनि नसकिने, पुल नबन्दा समस्या आउने', उनले भने, 'बाह्रै महिना सडक सञ्चालन गर्न आवश्यक ठाउँमा क्रमशः पुल पनि बनाउनका लागि केन्द्र र प्रदेश सरकारसँग सहकार्य गछौँ, अहिले बन्द भएका सडक खोलामा पानीको बहाव घट्दा साथ खुल्छन्।'

images

प्रकाशित : बुधबार, साउन २४ २०८००८:४०

प्रतिक्रिया दिनुहोस