शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

कास्कीमा उत्पादनका आधारमा दुग्ध उत्पादक कृषकलाई अनुदान

images
मंगलबार, साउन २३ २०८०
images
images
कास्कीमा उत्पादनका आधारमा दुग्ध उत्पादक कृषकलाई अनुदान

अनुदानबाट पोखरा महानगर, रुपा, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकाका पशुपालक कृषकहरु लाभान्वित भएका छन्।

images
images

कास्की- जिल्लाका दुग्ध उत्पादक कृषकहरुले उत्पादन परिमाणका आधारमा सरकारबाट अनुदान रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेश सरकारले व्यावसायिक कृषकहरुलाई दूध उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो। सहकारी संस्था वा सहकारी समूहबाट दूध बिक्री वितरण गर्दै आएका कृषकहरु यसबाट लाभान्वित भएका छन्।

images
images
images

सरकारले उत्पादनका आधारमा अनुदान रकम दिने भएपछि जसले धेरै उत्पादन गर्छ उसैले बढी रकम पाएको छ। कृषकले प्रतिलिटिर दुई रूपैयाँ ५० पैसा अनुदान पाएका थिए। प्रदेश सरकारको कृषि मन्त्रालयअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत ८५ लाख ४६ हजार रूपैयाँ कृषकलाई वितरण गरिएको जनाएको छ।

पोखरा महानगर, रुपा, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकाका पशुपालक कृषकहरु यसबाट लाभान्वित भएका छन्। पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले उत्पादनका आधारमा सहयोग रकम प्रदान गरिएको बताए। व्यावसायिकरुपमा पशुपालन गरी दूध उत्पादन गर्दै सहकारी संस्था वा समूहमार्फत बिक्री वितरण गर्ने कृषकहरुलाई सो रकम प्रदान गरिएको उनको भनाइ थियो।

images

प्रोत्साहन कार्यक्रमका लागि जिल्लाका १९ सहकारी संस्था र समूहले आवेदन दिएका थिए। सरकारले गत वर्ष प्रोत्साहन कार्यक्रमका लागि ९० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो।

images

कार्यालयका अनुसार गत वर्ष ३४ लाख १८ हजार लिटर दूधमा प्रोत्साहन रकम प्रदान गरिएको थियो। प्रदेश सरकारले कृषकलाई प्रोत्साहनका लागि दूधमा प्रतिलिटर साढे दुई रूपैयाँ अनुदान दिने गरेको छ।

उत्पादनका आधारमा अनुदान दिँदा पारदर्शी र कृषकलाई प्रत्यक्ष सहयोग पुगेको भेटेरिनरी अस्पतालका प्रमुख पाण्डेले बताए। उनले भने, 'उत्पादनका आधारमा प्रोत्साहन रकमले अनुदान दुरुपयोग हुने सम्भावना छैन। जसले धेरै उत्पादन गर्छ उसैले सरकारबाट बढी सहयोग रकम प्राप्त गर्ने भएकाले उत्पादन वृद्धि गर्नसमेत यस कार्यक्रमले सहयोग पुगेको छ।'

सरकारले प्रदान गर्ने अनुदान रकम विगतमा दुरुपयोग भएको भन्दै कृषकहरुले समेत उत्पादनका आधारमा मात्र अनुदान वितरण गर्न माग गर्दै आएका थिए। भेटेरिनरी अस्पतालले जिल्लामा साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, व्यावसायिक पशु फार्ममा मलमूत्र संरक्षण सहयोग, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, मत्स्य पोखरी निर्माण, लिमे पार्कोटे भैँसी संरक्षण, समुदयास्तरमा भेडा प्रवर्द्धनलगायत कार्यक्रम सञ्चालन गरी कृषकहरुलाई सहयोग गर्दै आएको केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले बताए। रासस


प्रकाशित : मंगलबार, साउन २३ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend