बिहीबार , वैशाख १३ गते २०८१    
images
images

डिजिटल कारोबारमा  ‘नमस्ते पे’ पनि 

images
बिजनेस न्युज
images
images
डिजिटल कारोबारमा  ‘नमस्ते पे’ पनि 

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले केही दिन भित्रै ‘नमस्ते पे’ डिजिटल पेमेन्ट कम्पनी सञ्चालन ल्याउने भएको छ।

images
images

काठमाडौं- सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले केही दिन भित्रै ‘नमस्ते पे’ डिजिटल पेमेन्ट कम्पनी सञ्चालन ल्याउने भएको छ।

images
images
images

नेपाल टेलिकमको ६२ प्रतिशत ( २५ करोड ८८ लाख रुपैयाँ) र वाणिज्य बैंकको ३८ प्रतिशत ( १५ करोड ११ लाख रुपैयाँ) लगानी रहेको ‘नमस्ते पे’ केही दिन भित्रै व्यवसायीक रुपमा सञ्चालनमा आउने जानकारी दिएको छ।

images

नाफा घट्यो
गत आर्थिक वर्ष २०७७/०७८मा नेपाल टेलिकमको नाफा घटेको छ। टेलिकमको नाफा २ अर्बले घटेको छ। सेवा आम्दानी बढे पनि ब्याज आम्दानी घटेको तथा पूर्वाधारमा लगानी बढेकाले नाफा खुम्चिकएको कम्पनीले बताएको छ। 

images

गएको वर्ष कम्पनीले  ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब २८ करोडले धेरै हो। अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ९ अर्ब ७४ करोड नाफा गरेको टेलिकमको नाफा गत आर्थिक वर्ष ७ अर्ब ४५ करोड रूपैयाँमा खुम्चिएको हो।

images
images

सेवा आम्दानी बढ्दा पनि नाफा घट्नुमा कम्पनीले कोरोनाका कारण व्यापारमा परेको असर, बैंकबाट हुने ब्याज आम्दानीमा कमी, कोरोनाको समयमा सस्तोमा डेटा तथा भ्वाइस प्याकेज उपभोक्तालाई धेरै दिएका जस्ता करण उल्लेख गरेको छ। 

त्यस्तै कोरोनाकै समयमा इन्टरनेटमा आधारित एप्सबाट अन्तर्राष्ट्रिय सञ्चार हुने गरेकाले रोमिङ आम्दानीमा अत्याधिक कमी आएको कम्पनीले बताएको छ।

टेलिकमको लिज सेवा वापतको आम्दानी १० करोड, एफटिटिएच सेवाको आम्दानी ५७ करोड, जिएसएम भ्वाइसको आम्दानी १ अर्ब रुपैयाँ र जिएसएम डाटा ४० करोड रुपैयाँ आम्दानी बढेको छ।

टेलिकमको फिक्स सेवा, एडिएसल सेवा र सिडिएम सेवाको आम्दानी घटेको छ। साथै अन्तर्राष्ट्रिय भ्वाइस/रोमिङसेवाबाट प्राप्त हुने आम्दानी पनि घटेको छ।

कुन सेवाको लाइसेन्स फि कति?
आधारभुत सेवावापत ५ वर्षका लागि १३ करोड ४४ लाख, इमेल इन्टरनेट सेवावापत ५ वर्षको लागि २ लाख ७० हजार र मोबाइल सेवा लाइन्सेन्सको २० अर्ब जनु पाँच वर्षको अवधिका लागि हो।

फोरजी विस्तारमा भौतिक प्रगति ९७ प्रतिशत
नेपाल टेलिकलमे फोरजी विस्तारको काम अन्तिम चरणमा पुगेको जनाएको छ। टेलिकमले अहिलेसम्म फोरजी  विस्तारको काममा भौतिक प्रगति ९७ प्रतिशत भएको जनाएको छ। यसैगरी, नेटवर्क एक तर्फ ८४ प्रतिशत र नेटर्वक तर्फ ८६ प्रतिशत  भौतिक प्रगति भएको टेलिकमको भनाइ छ।

टेलिकमले दिएको जानकारी अनुसार ४ हजार १ सय ८६ ‘फिजिकल साइट’ मध्ये ३ हजार ५ सय ४४ साइटहरु अन एयर भइसकेको र ६ हजार ७ सय ३२ ‘लजिकल साइट’ मध्ये ५ हजार ९ सय ४३ साइटहरु अन एयर भइसकेको छ।

फाइभ जी कहिलेबाट?
टेलिकमले फोरजी विस्तारको सबै काम सम्पन्न भएपछि मात्रै फाइभ जीको काम सुरु हुने जनाएको छ।  फाइभ जी परीक्षण सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरण जेठ १६ गते अनुरोध गर्दै  पत्र पठाएको टेलिकमले जनाएको छ। सुरुवाती चरणमा ४ वटा शहरमा फाइभ जीको परीक्षण हुने टेलिकमको भनाइ छ।

एफटिटिएच सेवा विस्तारमा आक्रमक 
टेकिलमले एफटिटिएच सेवा विस्तारलाई तिव्रता दिएको छ। टेलिकमले  ११ लाख ७४ हजार घरधुरीका लागि डिजिडल म्यापिङको कार्यसम्पन्न गरेको जनाएको छ। तर, ५ लाख ६४ हजारका लागि नटवर्क जडान कार्य  भइसकेको टेलिकमको दाबी छ।यसैगरी, ५५ जिल्लाका १ सय ८ स्थानीय तहका १सय ३५ स्थानका १ लाख ८० हजार ग्राहकका लागि सेवा वितरण भइसकेको टेलिकमको भनाइ छ।

यसैगरी टेलिकमले यसै आर्थिंक वर्ष भित्र अप्टिकल फाइभर विस्तारको काम सम्पन्न गर्ने भएको छ।

images

प्रकाशित : सोमबार, भदौ २१ २०७८०९:०७
  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • # नमस्ते
  • प्रतिक्रिया दिनुहोस