काठमाडौं- ब्याक टु ब्याक एलसी (एकपछि अर्को) को सुविधा तयारी पोसाकसँगै नेपाल एकीकृत व्यापार रणनीति, २०८० मा निर्यात सम्भावना भएका वस्तु उत्पादकहरूले पनि पाउने भएका छन्।
यो सुविधाअन्तर्गत यस्ता उद्योगहरूले आयात गर्न पाउने भएका हुन्। यसअघि तयारी पोसाक उत्पादकहरूले कच्चा पदार्थको आयातमामात्र पाउँथे। अब भने रणनीतिमा भएका सम्भावित वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयात गर्न पनि पाइने भएको हो।
यो व्यवस्थामा एक पटकमा अधिकतम ६० हजारसम्म अमेरिकी डलर पाइने छ। यसअघि ५० हजार डलरसम्म पाइन्थ्यो। एकपछि अर्को सुविधा लिनका लागि अघिल्लो आयात भएको ७ दिन हुनुपर्ने भएको छ।
त्यस्तै भारतबाट कच्चा पदार्थ आयात गर्नेको हकमा भने तीन करोड भारुसम्म पाइनेछ।