सोमबार, वैशाख १७ गते २०८१    
images
images

वीर अस्पताल विस्तार प्रक्रिया कहाँ पुग्यो?

लगानीका लागि चीनसँग प्रस्ताव गरिँदै, प्रधानमन्त्रीको भ्रमण एजेन्डामा समावेश हुने

images
images
images
वीर अस्पताल विस्तार प्रक्रिया कहाँ पुग्यो?

आर्थिक वर्ष २०७३/०७४ को बजेटबाट वीर अस्पतालको स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गर्ने विषय घोषणा भएको थियो।

images
images

काठमाडौं- वीर अस्पताल आधुनिकीकरण गर्ने योजना धिमा गतिमा अगाडि बढेको छ। २०७८/०७९ को बजेटमा नै तीन वर्षभित्र वीर अस्पतालाई विस्तार गरी नेपालीलाई नेपालभित्रै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गर्ने विषय उल्लेख थियो। तर सरकारी काम गराइको प्रकृतिलाई हेर्दा तीन वर्षभित्र काम सम्भव देखिएको छैन।

images
images
images

अहिले अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भने भइसकेको छ। अस्पताल निर्माण स्थलसम्म पुग्ने सडक र विद्युत पूर्वाधार तयार भएको छ। अस्पताल निर्माणका लागि डीपीआर बनाउने काम सुरु भएको छ। 

images

आर्थिक वर्ष २०७३/०७४ को बजेटबाट वीर अस्पतालको स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गर्ने विषय घोषणा भएको थियो।

images

एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुँदा आएको उक्त बजेटमा स्वास्थ्य सेवामा सहज पहुँचसँगै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न अस्पतालका रुपमा वीर अस्पतालको स्तरोन्नति गर्ने घोषणा भएको थियो। पौडेलले ल्याएको बजेटमा सबै नेपालीलाई नेपालभित्रै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीर अस्पताललाई काठमाडौं उपत्यकाभित्रको उपयुक्त स्थानमा न्यूनतम पाँच सय रोपनी क्षेत्रफलमा अत्याधुनिक भौतिक पूर्वाधार, यन्त्र उपकरण र विशेषज्ञ सेवासहितको अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गरिने विषय समावेश थियो। उनले ल्याएको बजेटमा सोही आर्थिक वर्षमा जग्गा पहिचान र गुरुयोजना तयारी गरी निर्माण कार्य आरम्भ गरिने विषय समावेश थियो। 

images
images

बजेट ल्याएको केही समयमा नै केपी शर्मा ओली नेतृत्वको सरकार हट्यो। नेपालभित्रै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी वीर अस्पतालको विस्तारित संरचना निर्माणको विषय केही समय रोकियो। तत्कालीन समयमा अस्पताल निर्माण तथा सञ्चालनको अधिकार क्षेत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भएपनि सरोकारवाला निकायसँगको छलफलमा पौडेलले नै बजेटमा राखेका थिए। 

अस्पताल निर्माणका लागि आवश्यक रकम जुटान कुनै समस्या नहुनेमा पौडेले विश्वस्त थिए। अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्‍न अस्पताल निर्माणमा विदेशी दाता तथा लगानीकर्ता पनि सकारात्मक नै थिए। मात्रै सरकारले प्रक्रिया सुरु गर्नु पर्ने भन्दै पौडेलले यो कार्यक्रम अघि बढाएका थिए। साथै जग्गा खोजी गर्ने विषय उनैले सुरु गरेका थिए।

पुन: २०७७ असोजमा पौडेल अर्थमन्त्री बने। उनले २०७८/०७९ को लागि अध्यादेशमार्फत ल्याएको बजेटमा यो विषय पुन: उठान गरे। उनले उक्त समयमा आवश्यक पूर्वाधार निर्माणका लागि बजेट समेत छुट्याए। पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा वीर अस्पतालको विस्तारित सेवा सञ्‍चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्‍न अस्पताल निर्माण गरिने विषयमा समावेश गरे। तीन वर्षभित्र निर्माण सम्पन्‍न गरी सेवा सञ्‍चालन गर्ने लक्ष्यका साथ अर्को आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारी कार्य सम्पन्‍न गरिने विषय पौडेलले समावेश गरेका थिए।

भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्‍चालनमा ल्याइनेसमेत पौडेलले बजेटमा समावेश गरेका थिए। उनले उक्त परियोजनलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालयमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने विषय उल्लेख गरेका थिए। काठमाडौंको जडीबुटीदेखि अस्पताल निर्माणस्थलसम्म मनोहरा नदीको दुवै किनारामा चार/चार लेनको करिडोर सडक निर्माण गरिने विषयसमेत समावेश भएको थियो।

सबै नेपालीलाई सुलभ स्वास्थ्य सेवा नेपालमै दिने उद्देश्यले अघि बढेको कार्यक्रमले पाउनुपर्ने प्राथमिकता नपाएको एमाले नेता तथा पूर्वअर्थमन्त्री पौडेल बताउँछन्। 

‘नेपालमा अहिलेको समयमा स्वास्थ्य सेवा गुणस्तरीय हुन सकेको छैन। एकातिर गम्भीर रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ भने अर्कोतिर आय नहुने नेपालीले उपचार सेवा नपाउने अवस्था छ। यस्तोमा गुणस्तरीय सेवाका लागि वीर अस्पताललको स्तरोन्नति गर्ने काम जसले ल्याएको भएपनि तदारुकताका साथ अघि बढ्नुपर्ने थियो’ पौडेल भन्छन्। 

नेपालबाट बर्सेनि उपचारका नाममा अर्बौ रकम बाहिरिने भएपनि ठ्याक्कै कति बाहिरिन्छ भन्ने आँकडा भने छैन। क्यान्सरलगायतका रोकको उपचारका लागि धेरैजसो सक्ने नेपालीहरू भारत जाने गरेका छन्। उच्च आय हुने तथा सरकारी सहायता पाउनेहरू तेस्रो मुलुकमा जाने भएपनि अधिकांश नेपालीहरू विदेश जान्छन्। यस्तो अवस्थामा सबै नेपालीलाई जस्तोसुकै रोगको पनि नेपालमै उपचार हुनेगरी वीरलाई नै स्तरोन्नति गर्नुपर्छ भनेर आफूले कार्यक्रम ल्याएको पौडेलको भनाइ छ। 

स्वास्थ्य उपचारमा बाहिरिएको रकममात्रै रोक्न सके पनि देश विकासका ठूलो  सहयोग पुग्ने र जनताले पनि सहजै रुपमा स्वास्थ्य सेवा लिन पाउने अवस्था खडा गर्ने पौडेलको लक्ष्य थियो। 

स्तरोन्नति गर्ने योजना अलपत्र परेको नभइ विस्तारै काम अघि बढेको वीर अस्पतालका प्रमुख सन्तोष पौडेल बताउँछन्। भक्तपुरको दुवाकोटमा अस्पताल निर्माणका लागि ५ सय ७० रोपनी जग्गा अस्पतालको नाममा आइसकेको उनले बताए। अस्पताल निर्माणस्थलमा पुग्ने सडक मार्गसमेत खुलेको छ। उक्त स्थानमा बिजुली र पानीलगायतका पूर्वाधार तयार भइसकेको उनको भनाइ छ। 

विशिष्टिकृत सेवा दिने योजनाअनुसार यो अस्पताल निर्माण हुन लागेको वीर अस्पतालका प्रमुख पौडेल बताउँछन्।

दुवाकोटमा निर्माण हुने अस्पतालमा देशभरका अन्य अस्पतालबाट रिफर भएका आएका बिरामीको उपचार गर्ने गरी सुविधा सम्पन्न रपमा काम हुने छ। अस्पताल निर्माणका लागि अहिले डीपीआर निर्माणको कामसमेत भइरहेको छ। भवन विभागले अहिले डीपीआरको काम गरिरहेको उनको भनाइ छ। 

बजेटको कुनै पनि अभाव नहुने अस्पताल परियोजनाको निर्माणमा यो स्तरको ढिलाइ हुन नहुने पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ। ‘मैले बजेटमा कार्यक्रम राख्दा पनि यसमा लगानीको कुनै पनि अभाव हुने सम्भावना थिएन। स्वास्थ्य पूर्वाधारमा लगानी गर्न जो पनि तयार हुन्छन्’ उनले भने, 'स्रोतको समस्या छैन, आवश्यकता पनि छ, के बनाउने भन्ने कुरा पनि प्रष्ट छ, यति भएपछि ढिला किन भइरहेको छ मैले बुझ्न सकेको छैन।’ 

चिनियाँ सहायता खोज्दै सरकार  

४० अर्ब रूपैयाँभन्दा बढीको लगानी आवश्यक हुने वीर अस्पताल स्तरोन्नति परियोजनाका लागि सरकारले भने उत्तरी छिमेकी चिनियाँ सहायताको खोजी गरेको छ। सबै नेपालीलाई आधुनिक स्वास्थ्य सुविधा उपलब्ध गराउनेगरी निर्माण हुने यो अस्पतालका लागि सहायताका लागि चिनियाँ पक्षसँग अहिले छलफल भइरहेको छ। 

केही समयमै हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा यो विषयमा सम्झौता हुनसक्ने बताइएको छ। वीर अस्पतालका प्रमुख पौडेलका अनुसार भ्रमणको एजेन्डमा यो परियोजना पनि समावेश गर्ने विषयमा छलफल भइरहेको छ। 

सहायताका लागि चीन इच्छुकमात्र होइन तयार पनि छ तर पनि सम्झौता हुनुभन्दा पहिला निर्माणस्थल तयार हुनुपर्ने सर्त राखेको छ। निर्माणस्थलमा हुनुपर्ने पूर्वतयारीका काम सकिएको हुनुपर्ने चिनियाँ पक्षको सर्त रहेको छ। 

images

प्रकाशित : मंगलबार, साउन २३ २०८००५:०३

प्रतिक्रिया दिनुहोस