आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

वित्तीय सूचकका आधारमा कुन बैंक कति अब्बल? (सूचीसहित)

आइतबार, साउन २१ २०८०
वित्तीय सूचकका आधारमा कुन बैंक कति अब्बल? (सूचीसहित)

प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक अगाडि देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस बैंकको प्रतिसेयर आम्दानी ४०.२२ रूपैयाँ रहेको छ। प्रतिसेयर आम्दानीका आधारमा सबैभन्दा कमजोर कुमारी बैंक देखिएको छ।

काठमाडौं- गत आर्थिक वर्ष नेपालका वाणिज्य बैंकहरूले करिब ७० अर्ब १७ करोड रूपैयाँ खुद नाफा गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वाणिज्य बैंकहरूले २५ प्रतिशत बढी खुद नाफा गर्न सफल भएका छन्। गत आर्थिक वर्ष बैंकहरूको मुनाफा बढेपनि वितरणयोग्य नाफा घटेको छ भने खराब कर्जा दोबरले बढेको छ।

नबिल बैंक नाफाका आधारमा सबैभन्दा अगाडि देखिएको छ। यस बैंकले ७ अर्ब ५२ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ। यस्तै नाफाका आधारमा ग्लोबल आईएमई बैंक दोस्रो, राष्ट्रिय वाणिज्य बैंक तेस्रो, एनआईसी एसिया बैंक चौथो र मेगा इन्भेष्टमेन्ट बैंक पाचौँ स्थानमा रहेका छन्।

वितरणयोग्य नाफाका आधारमा सबैभन्दा अगाडि एभरेष्ट बैंक रहेको छ। यस बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड रूपैयाँ रहेको छ। वितरणयोग्य नाफाका आधारमा नबिल बैंक दोस्रो र तेस्रोमा एनआईसी एसिया बैंक रहेको छ। लाभांश वितरण क्षमताका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ।

जसको लाभांश क्षमता ४०.५ प्रतिशत रहेको छ। दोस्रो रहेको एनआइसी बैंकको लाभांश वितरण क्षमता ३१.९९ प्रतिशत रहेको छ। तेस्रो स्थानमा स्टार्डर्ड चार्टर्ड बैंकको लाभांश वितरण क्षमता २८.९९ प्रतिशत रहेको छ। लाभांश क्षमता भने ५.४९ प्रतिशतले ऋणात्मक रहेको छ। यसैगरी कुमारी बैंक पनि लाभांश वितरण क्षमता ३.२४ प्रतिशतले ऋणात्मक रहेको छ। 

यस्तै प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक अगाडि देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस बैंकको प्रतिसेयर आम्दानी ४०.२२ रूपैयाँ रहेको छ। प्रतिसेयर आम्दानीका आधारमा सबैभन्दा कमजोर कुमारी बैंक देखिएको छ। यस बैंकको प्रतिसेयर आम्दानी ७.४६ रूपैयाँ रहेको छ।

गत आर्थिक वर्ष एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.७९ प्रतिशत रहेको छ। यस्तो कम खराब कर्जा हुने बैंकमध्ये एनआईसी एसिया बैंकको ०.८० रहेको छ। सबैभन्दा बढी खराब कर्जा कुमारी बैंक ४.७७ प्रतिशत रहेको छ। यस्तै सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंक ४.५७ प्रतिशत रहेको छ। 

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाका आधारमा सबैभन्दा कम स्प्रेडदर कृषि विकास बैंकको रहेको छ। यस बैंकले स्प्रेडदर ३.९४ प्रतिशत कायम गरेको छ। यस्तै सबैभन्दा धेरै स्प्रेडदर नबिल बैंकको रहेको छ।

यस बैंकले स्प्रेडदर ४.९९ प्रतिशत कायम गरेको छ। गत आर्थिक वर्ष नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेकाले स्प्रेडदरमा १ प्रतिशत बिन्दुले छुट पाएको छ। उक्त सुविधाको उपयोग गरेकाले यस बैंकको स्प्रेडदर अन्य बैंकको तुलनामा उच्च देखिएको हो।


प्रकाशित : आइतबार, साउन २१ २०८०१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend