आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

गएको वर्ष २० वाणिज्य बैंकले तिरे २९ अर्ब आयकर, कुनको कति? 

सोमबार, साउन २२ २०८०
गएको वर्ष २० वाणिज्य बैंकले तिरे २९ अर्ब आयकर, कुनको कति? 

बैंक तथा वित्तीय संस्थाहरूले गत वर्ष गरेको आम्दानीबाट आयकरका लागि सो रकम खर्च गरेको उल्लेख गरेका छन्। 

काठमाडौं- वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार २० वटा वाणिज्य बैंकले गएको वर्ष २९ अर्ब ६० करोड रुपैयाँ आयकर तिरेका छन्। 

बैंक तथा वित्तीय संस्थाहरूले गत वर्ष गरेको आम्दानीबाट आयकरका लागि सो रकम खर्च गरेको उल्लेख गरेका छन्। आयकर ऐनअनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था रहेको छ। 

सबैभन्दा धेरै नबिल बैंकले आयकरका लागि खर्च गरेको छ। नबिलले गत वर्ष ३ अर्ब २५ करोड ७३ लाख रुपैयाँ खर्चिएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ८५ करोड खर्चिएको छ। 

गएको वर्ष आयकरमा न्यून खर्च गर्नेमा सिटिजसन्स बैंक रहेको छ। सिटिजन्सले गत वर्ष ७९ करोड ९५ लाख आयकरका लागि खर्चिएको छ। त्यस्तै एक अर्बभन्दा न्यून आयकर तिर्ने सिटिजन्ससहित चारवटा रहेका छन्। लक्ष्मी सनराईज, माछापुच्छ्रे र एसबीआई नेपालले एक अर्बभन्दा न्यून खर्च गरेका छन्। 

त्यस्तै दुई अर्बभन्दा धेरै आयकर तिर्ने बैंकहरू तीनवटा रहेका छन्। नबिल, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। त्यसबाहेकका अरु बैंक सबैले एक अर्बमाथि आयकरका लागि खर्चिएको विवरण प्रकाशित गरेका छन्। 

गत वर्ष वाणिज्य बैंकहरूले ७१ अर्बभन्दा धेरै खुद नाफा गरेका छन्। बैंकिङ व्यापारमा उत्साह नहुँदा पनि बैंकहरूको आम्दानीमा खासै गिरावट देखिएको छैन तर पनि नियामकीय व्यवस्थाका कारणले गर्दा नाफामा भने गिरावट देखिएको छ। 


प्रकाशित : सोमबार, साउन २२ २०८००२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend