सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

बाढीसम्बन्धी पूर्वसूचना दिन प्रभावकारी बन्दै एनसेलको 'एसएमएस अलर्ट'

images
images
images
बाढीसम्बन्धी पूर्वसूचना दिन प्रभावकारी बन्दै एनसेलको 'एसएमएस अलर्ट'

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गर्दै आएको छ।

images
images

काठमाडौं- बाढीपहिरोको उच्च जोखिम हुने बर्खाको समयमा एनसेलले दिने पूर्वसूचना प्रभावकारी बन्दै गएको छ।

images
images
images

एनसेलले हरेक वर्ष बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गर्दै आएको छ। यसले जनधनको क्षति न्यूनीकरणमा समेत सहयोग पुगेको एनसेलले जनाएको छ। एनसेलका अनुसार यो वर्ष कम्पनीले वर्षायामको सुरूवातपछि गत २ महिनामा ४४ लाख वटाभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरेको छ। 

images

यो वर्ष एसएमएसमार्फत पुर्वसूचना प्रवाह गरिएका क्षेत्रहरुमा नारायणी, कंकाई, बाग्मती, बबई, राप्ती, कोशी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेका छन्। एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गर्दै आएको छ। विभागसँगको सहकार्यमा एनसेलले विषेशगरी वर्षायाममा जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्दै आएको छ।

images

यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ-आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसैगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्‍याउँछ। पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएसमार्फत पाउँछन्।

images
images

'नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैँ प्रतिबद्ध छ। हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुसी छौँ', एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो। यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिति र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ।

एनसेल र विभागको निरन्तर सहकार्यअन्तर्गत गत वर्ष एनसेलले ७८ लाखभन्दा बढी यस किसिमका पुर्वसूचना बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई प्रवाह गरेको थियो। सन् २०७३ मा सुरू भएको यस सहकार्यलाई सन् २०७५ मा एनसेलले विपत् पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै नयाँ समझदारी गरेको थियो। 

images

प्रकाशित : आइतबार, साउन २१ २०८००६:२६

प्रतिक्रिया दिनुहोस