मंगलबार, वैशाख ४ गते २०८१    
images
images
images
images

क्षतिको विवरण सङ्कलन नहुँदा राहतमा ढिलाइ, किसान चिन्तित

images
बिजनेस न्युज
images
क्षतिको विवरण सङ्कलन नहुँदा राहतमा ढिलाइ, किसान चिन्तित

क्षति गरेको एक महिना बितिसक्दासमेत जिल्लाभरि के-कति क्षति भयो भन्ने विवरण सङ्कलन हुन नसक्दा राहतमा समेत ढिलाइ भएको छ।

images

बैतडी- गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण बैतडीमा ठूलो जनधनको क्षति भएको छ।  

images
images
images

जिल्लामा वर्षाका कारण पहिरो खस्दा चार जनाको मृत्यु भएको थियो भने अर्बौँ रुपैयाँ मूल्य बराबरका क्षति भएको अनुमान गरिएको छ। भौतिक संरचना, अन्नबालीलगायतका क्षेत्रमा वर्षाले क्षति गरेको छ। तर हालसम्म पनि उक्त वर्षाले जिल्लाका के-कति क्षति गरेको छ भन्ने पूर्ण विवरण आउन सकेको छैन। 

images

क्षति गरेको एक महिना बितिसक्दासमेत जिल्लाभरि के-कति क्षति भयो भन्ने विवरण सङ्कलन हुन नसक्दा राहतमा समेत ढिलाइ भएको छ। जिल्लाका १० स्थानीय तहमध्ये छ स्थानीय तहको मात्रै क्षतिको विवरण सङ्कलन भएको छ। अन्य चार स्थानीय तहको भने अझैसम्म पनि विवरण सङ्कलन हुन नसकेको हो। डिलासैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकाबाट क्षतिको यकिन विवरण सङ्कलन हुन नसकेको हो।

images

वर्षा भएको समयमा जनधनको क्षति भए पनि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापनको टोली घटनास्थलमा पुग्न सकेको थिएन। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जिल्ला छाडेको एक महिना भइसकेकाले निमित्तको भरमा प्रशासन कार्यालय चलेकाले उक्त समयमा पनि सबै ठाउँमा टोली पुग्न नसकेको हो। छ स्थानीय तहको विवरण सङ्कलन गरेको र बाँकी चार तहको विवरण सङ्कलनको काम भइरहेको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। उनले भने, 'जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत छ पालिकाको क्षतिको विवरण सङ्कलन गरेका छौँ, अन्य ठाउँको सङ्कलन भइरहेको छ।'

images
images

सम्बन्धित स्थानीय तहले पनि क्षतिको विवरण पठाउन ढिलाइ गरेकाले समस्या भएको हो। यसका साथै  वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध हुँदा ढिलाइ हुन पुगेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले भने, 'वर्षाले आवातजावत गर्न बाटोसमेत नहुँदा क्षतिको विवरण सङ्कलन गर्न ढिलाइ भयो, अब केही दिनमै सबै ठाउँको आउछ।' क्षतिको विवरणसमेत सङ्कलन हुन नसक्दा सरकारले प्रदान गर्ने राहत पीडितले पाउन ढिलाइ भएको छ। 

यसैबीच विवरण सङ्कलन भएको छ स्थानीय तहमा वर्षाले अर्बौँको क्षति भएको देखिएको छ। क्षतिको विवरण सङ्कलन भएका स्थानीय तहहरुमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ। यस्तै तीनवटा झोलुङ्गे पुल, दुई विद्यालय, २४ सिँचाइ आयोजना, १५ सडकमा क्षति पुगेको छ। यस्तै दशरथचन्द र पाटन नगरपालिका तथा सिगास, सुर्नया, शिवनाथ र दोगडाकेदार गाउँपालिकाबाट सङ्कलन गरेको अन्नबाली क्षतिको तथ्याङ्कअनुसार एक हजार ३२० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको बताइएको छ। वर्षाका कारण छ स्थानीय तहमा मात्रै रु दुई करोड दुई लाख ६० हजार बराबरको अन्नबाली र तरकारीमा क्षति भएको तथ्याँङ्क छ।

छ स्थानीय तहमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लाको सिगास गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको जनाइएको छ। सिगासको ढुङ्गाड र थलाकडामा मात्रै एक हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तथ्याङ्क सङ्कलनको काम सम्पन्न गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइने जनाइएको छ। 

किसानहरुले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो। धान उत्पादनको पकेट क्षेत्रमा नै अन्नबालीमा ठूलो क्षति भएपछि भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन्। उक्त वर्षाका कारण पहिराले घर पुरिँदा जिल्लाको शिवनाथ गाउँपालिकाका तीन र सुर्नया गाउँपालिकाका एक गरी चार जनाको ज्यानसमेत गएको थियो। रासस

images

प्रकाशित : शनिबार, कात्तिक २७ २०७८०८:४३
प्रतिक्रिया दिनुहोस