आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नबिल बैंकले गर्‍यो सबैभन्दा धेरै ७.५२ अर्ब खुद नाफा, खराब कर्जा तथा वितरणयोग्य नाफामा उल्लेख्य सुधार

आइतबार, साउन २१ २०८०
नबिल बैंकले गर्‍यो सबैभन्दा धेरै ७.५२ अर्ब खुद नाफा, खराब कर्जा तथा वितरणयोग्य नाफामा उल्लेख्य सुधार

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरू मध्ये नबिल बैंकले सबैभन्दा धेरै खुद नाफा गर्न सफल भएको छ। गत वर्ष यस बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा करिब ७६.७० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

४६ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले २८ अर्ब ३९ करोड रुपैयाँ ब्याज खर्च गरी १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्ष बैंकको इम्प्रियरमेन्ट चार्च १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। ११ अर्ब १ करोड रुपैयाँ संचालन नाफा कमाएको बैंकले ३ अर्ब २५ करोड रुपैयाँ सरकारलाई कर तिरेको छ।

यस्तै, बैंकको तेस्रो क्वाटरको तुलनमा बैंकको खराव कर्जा उल्लेखियरुपमा घटेपनि अघिल्लो वर्षको तुलनामा झन्डै शतप्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ०.६४ प्रतिशत रहेको खराव कर्जा गत आर्थिक वर्षको अन्त्यसम्ममा १.२३ प्रतिशत कायम भएको छ।

यस्तै बैंकको कष्ट अफ फण्ड ७.८१ प्रतिशत आधार दर ९.५२ प्रतिशत र कर्जा निक्षेप अनुपात ८७.६८ प्रतिशत कायम गरेको छ। कर्जा निक्षेप अनुपात बढी रहेकाले आगामी आर्थिक वर्ष नबिल बैंक कर्जा प्रवाह गर्न दबाब रहने देखिएको छ। यस्तै बैंकले स्प्रेड दर ४.९९ प्रतिशत रहेको छ। राष्ट्र बैंकले स्प्रेड दरको सिमा ४ प्रतिशत तोकेपनि यस बैंकले मर्ज तथा प्राप्ति सुविधाको उपयोग गर्दै स्प्रेड दर उच्च राखेको छ। यस्तै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रहेको छ। अघिल्लो आर्थिक वर्ष २८९ करोड रहेको वितरणयोग्य नाफा गत वर्ष नाफा बढेकाले करिब १ अर्ब ६ करोडले बढेको छ।

यस्तै बैंकको प्रतिसेयर आम्दानी २७.८२ रुपैयाँ कायम भएको छ भने बैंकको तरलता अनुपात २७.८६ प्रतिशत रहेको छ।


प्रकाशित : आइतबार, साउन २१ २०८००१:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend