शनिबार, साउन १२ गते २०८१    
images
images
images

प्रक्रिया नै अगाडि नबढेको कामको प्रचार गर्दै निगम कार्यकारी अध्यक्ष अधिकारी

images
शनिबार, कात्तिक २७ २०७८
images
images
प्रक्रिया नै अगाडि नबढेको कामको प्रचार गर्दै निगम कार्यकारी अध्यक्ष अधिकारी
images


काठमाडौं- नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हुँदै नभएको  काम  गरेको भन्दै प्रचार गरेका छन्। गत कात्तिक २५ गते विहीबार निगम कार्यकारी अध्यक्ष अधिकारीले नेपाल एयरलाइन्सको उडान नभएका गन्तव्यमा यात्रु ओसारपसार तथा साटफेरिका लागि एयरलाइन्सले विभिन्न चार एयरलाइन्ससँग सम्झौता गरेको गरेको भन्दै विज्ञप्ती जारी गरेका थिए।

images
images

जुन कामा निगम कार्यकारी अध्यक्ष मदन खरेलको पालामा देखि सुरु भएको थियो। तर उक्त काम अहिलेसम्म हुन नसकेकाे  निगम स्रोतको दाबी छ। खरेलपछि निगममा महाप्रबन्ध बनेको डिमप्रकाश पौडेलले पनि उक्त सम्झौतको काम अगाडि बढाएका थिए।

images

तर सम्झौता हुन सकेको थिएन। फेरि निगममा कार्यकारी अध्यक्ष भएर आएपछि अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सक्रियतामा यात्रु ओसारपोसारका लागि विभिन्न ४ एयरलाइन्ससँग सम्झौता भएको भन्दै झुट्टो प्रचार गरेका छन्।

अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र वहराइनका लागि एयरलाइन्सले विभिन्न एयरलाइन्ससँग स्पेशल प्रोरोयट एग्रिमेन्ट९एसपीए० गरेको  भन्दै हुँदै नभएको कामको प्रचार गरेका हुन्।

images

जापानको टोकियो, बेलायतको लन्डन, जर्मनको फ्र्यांकफर्ट, फ्रान्सको पेरिसका लागि एयरलान्सले सम्झौता अधिकारीको दाबी छ।

 


प्रकाशित : शनिबार, कात्तिक २७ २०७८०८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend