बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

खराब कर्जा ४.१६ प्रतिशत पुग्दा प्रभु बैंकको वितरणयोग्य नाफा ८४ प्रतिशतले घट्यो

images
शनिबार, साउन २० २०८०
images
खराब कर्जा ४.१६ प्रतिशत पुग्दा प्रभु बैंकको वितरणयोग्य नाफा ८४ प्रतिशतले घट्यो

साधारण जगेडा कोषमा ५६ करोड ५० लाख रूपैयाँ छुट्याएको यस बैंकले रिटेन अर्निङमा १ अर्ब ६४ करोड रूपैयाँ छुट्याएपछि बैंकको वितरण योग्य नाफा १६ करोड १६ लाख रूपैयाँमा सीमित भएको हो।

images
images

काठमाडौं- प्रभु बैंकको वितरणयोग्य नाफा करिब ८४.४ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकको यस्तो नाफा करिब ८७ करोड ७१ लाख रूपैयाँले घटेको छ। अघिल्लो वर्ष १ अर्ब ३ करोड रूपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको गत आर्थिक वर्ष १६ करोड १६ लाखमा सीमित भएको छ। 

images
images
images

आव २०७९/८० मा २ अर्ब ८२ करोड खुद नाफा आर्जन गरे पनि नाफा नोक्सान वितरण खाताअन्तर्गत ठूलो रकम विभिन्न कोषमा वितरण गरेपछि बैंकका सेयर धनीले पाउने नाफामा संकुचित भएको छ। साधारण जगेडा कोषमा ५६ करोड ५० लाख रूपैयाँ छुट्याएको यस बैंकले रिटेन अर्निङमा १ अर्ब ६४ करोड रूपैयाँ छुट्याएपछि बैंकको वितरण योग्य नाफा १६ करोड १६ लाख रूपैयाँमा सीमित भएको हो।

images
images

बैंकको खराब कर्जा उल्लेख्यरुपमा बढेपछि बैंकले रेगुलेटरी रिजर्भमा ठूलो रकम छुट्याउँदा बैंकको वितरणयोग्य नाफा घटेको देखिन्छ। गत आर्थिक वर्ष बैंकको खराब कर्जा १२४ प्रतिशतले बढेर ४.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस बैंकको खराब कर्जा १.८६ प्रतिशत रहेको थियो। 

images
images

बैंकले सेन्चुरी बैंकसँग प्राप्ति गरेर राष्ट्र बैंकले दिएको मर्जर तथा प्राप्तिसम्बन्धी सुविधाको उपयोग स्प्रेड दरमा गरेको छ। यसले बैंकको खुद नाफा बढाउन सहयोग गरे पनि बैंकको ब्याजदरको लागत तथा आधारदर बढाएको छ। फलस्वरुप बैंकको कर्जाको ब्याजदर बढाउन यसले पनि मद्दत गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा स्प्रेड दर ४ प्रतिशतमा सीमित गर्नुपर्ने नीति लिए पनि मर्ज तथा प्राप्तिसम्बन्धी छुटका कारण बैंकको स्प्रेड दर ४.८६ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो दर ४.३२ प्रतिशत रहेको थियो।

अघिल्लो आर्थिक वर्ष ६.४४ प्रतिशत रहेको यस बैंकको कष्ट अफ फण्ड गत वर्ष १.३९ प्रतिशत बिन्दुले बढेर ७.८३ प्रतिशत पुगेको छ। बैंकको कष्ट अफ फण्ड बढेकाले अघिल्लो वर्ष कायम रहेको ९.२४ प्रतिशतबाट बढेर १०‍.१६ प्रतिशत बिन्दुमा पुगेको छ। गत असार मसान्तमा बैंकको कर्जा निक्षेप अुनपात (सीडी) पनि अघिल्लो वर्षको तुलनामा २.०४ प्रतिशत बिन्दुले बढेर ८०.३९ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा प्रभु बैंकको सीडी अनुपात ७८.३५ प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष बैंकको प्रतिसेयर आम्दानी १२ रूपैयाँमा सीमित भएको छ। यस्तै, बैंकको तरलता अनुपात २७.१४ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९० करोड रूपैयाँ खुद नाफा गरेको बैंकले गत आर्थिक वर्ष २ अर्ब ८२ करोड रूपैयाँ गरेको छ। यस अवधिमा प्रभु बैंकको नाफा ४८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष बैंकले ३० अर्ब ३ करोड रूपैयाँ ब्याज आम्दानी गरेर १९ अर्ब ७८ रूपैयाँ ब्याज बापत खर्च भुक्तानी गरेको छ। यस अवधिमा बैंकले खुद ब्याज आम्दानी १० अर्ब २५ करोड रूपैयाँ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा प्रभु बैंकले १७ अर्ब ३ करोड ब्याज आम्दानी गर्दै ११ अर्ब २८ करोड ब्याज भुक्तानी दिएर ५ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको थियो।

गत आर्थिक वर्ष बैंकले इम्प्रियरमेन्ट चार्जबापत २ अर्ब ४४ करोड रूपैयाँ खर्च गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा यस बैंकले इम्प्रियरमेन्ट चार्जबापत ५१ करोड रूपैयाँ मात्रै खर्च छुट्याएको थियो। ४ अर्ब ७ करोड रूपैयाँ करयोग्य आम्दानी गरेको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रूपैयाँ कर सरकारलाई बुझाएको छ।


प्रकाशित : शनिबार, साउन २० २०८००५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend