बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युटबीच समझदारी पत्रमा हस्ताक्षर, नेपालमा प्राविधिक शिक्षामा सहकार्य गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १९ २०८०
images
images
काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युटबीच समझदारी पत्रमा हस्ताक्षर, नेपालमा प्राविधिक शिक्षामा सहकार्य गर्ने
images
images

काठमाडौं- काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरुलाई विश्वव्यापी अवसर प्रदान गर्ने सम्बन्धी महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

images
images

शुक्रबार काठमाडौं टेक्निकल स्कूलको सुकेधारास्थित कार्यालयमा भएको विशेष कार्यक्रममा काठमाडौं टेक्निकल स्कूलका अध्यक्ष मनोज पौडेल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत दिपक खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

images
images

यस समझदारीपछि काठमाडौं टेक्निकल स्कूलले क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाको प्राविधिक विशेषज्ञता र अनुभवमार्फत नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय प्राविधिक शिक्षामा पहुँच प्रदान गरेर नेपालको शैक्षिक गुणस्तरमा व्यवहारिक परिवर्तन ल्याउने छ। 

images
images

उक्त अवसरमा बोल्दै काठमाडौं टेक्निकल स्कूलका अध्यक्ष पौडेलले यस साझेदारीमार्फत नेपाली विद्यार्थीलाई अहिलेको प्रतिष्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत खड्काले काठमाडौं टेक्निकल स्कूलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली विद्यार्थीहरुलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरुको सहकार्य भएको स्पष्ट पारे। 

हस्ताक्षर समारोहमा आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा, काठमाडौं टेक्निकल स्कूलका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।


प्रकाशित : शुक्रबार, साउन १९ २०८००९:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend