आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

दुई अस्पताल, दुई मेडिकल कलेज र एउटा विश्वविद्यालय निर्माणमा ६३ अर्ब लगानी हुँदै, कुनमा कति?

images
images
images
दुई अस्पताल, दुई मेडिकल कलेज र एउटा विश्वविद्यालय निर्माणमा ६३ अर्ब लगानी हुँदै, कुनमा कति?
किओच-काठमाडौं बाल अस्पतालको प्लान डिजाइन।
images
images

काठमाडौं- दुईवटा अस्पताल, दुईवटा मेडिकल कलेज तथा एउटा विश्वविद्यालय निर्माणमा ६३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने भएको छ। अस्पताल, मेडिकल कलेज र विश्वविद्यालय निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत सार्वजनिक भइसकेको छ। कतिपयको भने संरचना समेत निर्माण भइसकेको छ। 

images
images
images

कर्णाली प्रदेशको सुर्खेतमा सुर्खेत मेडिकल कलेज निर्माण हुने भएको छ। ६ सय शय्याको सुर्खेत मेडिकल कलेज निर्माणमा १ अर्ब ७० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

images

यसैगरी ४९ अर्ब २५ करोड ६० लाख रूपैयाँको लागतमा मदन भण्डारी विश्वविद्यालय निर्माण हुनेछ। यसैगरी भगवान कोइरालसहितको संलग्नतामा २ अर्ब ६५ करोड रूपैयाँको लगानीमा काठमाडौंको बुढानीलकण्ठमा बाल अस्पताल निर्माण हुँदै छ।

images

काठमाडौंको तिनकुनेमा ५ अर्ब ९३ करोडको लगानीमा ३ सय शैय्याको 'काठमाडौं इन्टरनेशनल अस्पताल निर्माण हुने छ भने काभ्रेको धुलिखेलमा ३ अर्ब ५० करोडको लगानीमा पतंजली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टर निर्माण हुने भएको छ।

images
images

६ सय शय्याको सुर्खेत मेडिकल कलेज निर्माणमा १ अर्ब ७० करोड खर्च हुने

कर्णाली प्रदेशको सुर्खेतमा सुर्खेत मेडिकल कलेज निर्माण हुने भएको छ। ६ सय शय्याको मेडिकल कलेजको लागत १ अर्ब ७० करोड रूपैयाँ लागत अनुमान गरिएको छ। कलेज निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरिसकेको छ।

 रिपोर्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो। प्रस्तावक भने सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना रहेको छ। कलेज निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्न २०७६ जेठ २ मा नैशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको थियो।
 
एकै समयमा मन्त्रालयले मधेस प्रदेशको बर्दिवास, लुम्बिनी प्रदेशको रुपन्देशी र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन तयार गर्न सहमति दिएको थियो।सोही अनुसार ६ सय शय्याको मेडिकल कलेज निर्माणका लागि सुर्खेत मेडिकल कलेज निर्माणका लागि विकास आयोजनाले रिपोर्ट तयार पारेको हो। मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११  र १३ मा आधुनिक स्तरको निर्माण हुने छ।

२९.८८९ हेक्टर जग्गामा साइट ए र साइट बी गरी मेडिकल कलेज तथा अस्पताल सेवा सञ्चालन गरेर आवश्यक बिरामीहरुलाई  उपचार सेवा प्रदान गरिने लक्ष्य आयोजनाको छ। मेडिकल कलेजमा रेडियोलोजी, अल्ट्रासाउण्ड, ईसीजी, प्याथोलीजी, सर्जरी, युरोलोजी, अंकोलोजी, नाक, घाँटीसम्बन्धी सेवाहरु उपलब्ध हुने रिपोर्टमा उल्लेख छ। 

कलेज निर्माण हुने साइटको क्षेत्रफल १६.५० हेक्टर र साइट बीको १३.3८ हेक्टर रहेको छ। कलेज निर्माण सुरु हुनु अगाडि वन क्षेत्रको प्रयोगमा स्वीकृत, टेन्डर तथा कम्पनी छनोट प्रकृयामा वातावरणीय व्यवस्थापको सुनिश्चित आवश्यक पर्छ। कलेज निर्माण चरणमा २४ हजार मानव दिन दक्ष तथा १ लाख २६ हजार मानव दिन अदक्ष कामदारका लागि शिविर सञ्चालन हुने रिपोर्टमा उल्लेख छ।

कलेजको साइट ए मा १० वटा र साइट बी मा ११ वटा ब्लक निर्माण हुने छ। विद्यार्थी क्षमता वार्षिक १ सय रहने छ। कलेजमा ८ वटा संकाय तथा डिपार्टमेन्ट रहने छ। कलेज निर्माण क्षत्रे वन क्षेत्रमा पर्नेछ। कलेजमा बोरिङबाट भूमिगत पानी प्रयोग गर्नुपर्ने छ। 

४९ अर्बभन्दा बढीको लागतमा मदन भण्डारी विश्वविद्यालय निर्माण हुने

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको लागत तय भएको छ। यो विश्वविद्यालय आयोजनाको निर्माण लागत ३७६ मिलियन डलर अर्थात् ४९ अर्ब २५ करोड ६० लाख रूपैयाँ हुने अनुमान गरिएको छ।

सार्वजनिक राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा सो लागत अनुमान उल्लेख छ।

यो विश्वविद्यालय एक अनुसन्धानमुखी विश्वविद्यालय हो। नयाँ ज्ञान र प्रविधि सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधि विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्र विकासमा प्रत्यक्ष सहयोग पुर्‍याउने साधनको रुपमा विश्वविद्यालय विकास गर्ने लक्ष्य रहेको छ।

सरकारले २३ अप्रिल २०१९ मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाका लागि तयारी गर्न विभिन्न गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यका साथ मदन भण्डारी विश्वविद्यालय पूर्वाधार समिति गठन गरेको थियो। भवनमा २ सय भन्दा बढी कोठाहरु हुने छन्।

प्रस्तावित आयोजनालाई ४१.२९ हेक्टर वनको जग्गा आवश्यक पर्नेछ। विश्वविद्यालय निर्माणका लागि वन फडानी भने हुने छैन। विश्वविद्यालयको भवन निर्माण क्षेत्र २ लाख २३ हजार वर्गमिटर रहेको छ। यो विश्वविद्यालय बागमती प्रदेशको मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा रहने छ।

काठमाडौंबाट २६.५ किलोमिटर चन्द्रागिरी हुँदै र ७० किलोमिटर नौबिसे–बाइरोडको बाटोबाट पुग्न सकिन्छ। विश्वविद्यालयको भवन आरसीसी बन्ने छ। वार्षिक ४ हजार विद्यार्थीले यहाँ अध्ययन गर्न सक्नेछन्।  आयोजनाका मुख्य विशेषताहरुमा शैक्षिक भवन, कम्युनल भनव, छात्रावास, ६ सय ७ कर्मचारीका लागि आवास, ४० कोठा भएको गेष्ट हाउस, २५ शय्याको अस्पताल, विद्यालय, सडक, खानेपानी आपूर्ति र ढक निकास, विजुली आपूर्ति, विद्युत र सञ्चार सञ्जाल रहेको छ।

आयोजनाका लागि कुल ५०.५२ हेक्टर जग्गा आवश्यक पर्नेछ। विश्वविद्यालयले आन्तरिक खपतका लागि ५ सय किलोवाटको सौर्य ऊर्जा र ६ सय किलोवाटको पम्म स्टोरेज प्लान्टको स्थापना गर्ने कार्यक्रम पनि समावेश भएको छ।  

भगवान कोइरालले २ अर्ब ६५ करोडको लगानीमा काठमाडौंको बुढानीलकण्ठमा बाल अस्पताल निर्माण गर्ने

मुटुरोग डाक्टर भगवान कोइरालसहितले २ अर्ब ६५ करोडको लगानीमा काठमाडौंको बुढानीलकण्ठमा बाल अस्पताल निर्माण गर्ने भएका छन्। काठमाडौंमा सुविधासम्पन्न बाल अस्पताल निर्माण हुने भएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा किओच-काठमाडौं बाल अस्पताल बन्ने भएको हो। 

अस्पताल निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयमार्फत आएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरिसकेको छ। सार्वजनिक रिपोर्टमा अस्पताल निर्माणको लागत २ अर्ब ६५ करोड ८१ लाख ८ हजार ६ सय ६६ रूपैयाँ रहेको उल्लेख छ।

अस्पताल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट प्रस्तावक भने काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ रहेको छ। अस्पतालको क्षमता २ सय शय्या हुनेछ। अस्पताल कुल निर्माण क्षेत्र २३ हजार ९ सय ७१ वर्गमिटर हुने रिपोर्टमा उल्लेख छ। अस्तपालत निर्माणमा नकारात्मक प्रभाव न्यूनीकरण गर्नका लागि ५८ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

यसैगरी वातावरणीय अनुगमनका लागि ६ लाख १५ हजार रूपैयाँ, आयोजन सञ्चालन चरणको क्रममा सकारात्मक प्रभाव अभिवृद्धि गर्न ७ लाख रूपैयाँ तथा नकारात्मक प्रभाव न्यूनीकरण गर्नका लागि ५८ लाख रूपैयाँ गरी ६५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

आयोजनाका लागि कुल वातावरणीय लागत खर्च भने ७१ लाख १५ हजार रूपैयाँ रहने रिपोर्टमा उल्लेख छ। अस्पताल निर्माण गर्ने कम्पनी मुनाफा वितरण नगर्ने गरी दर्ता भएको छ। गैर सरकारी सामाजिक संस्थाका हैसियतमा समाज कल्याण परिषद्‌मा आबद्ध भएको कम्पनी हो। गैरनाफामूलक संस्था भएकाले यसको सञ्चालन सेवामुखी शैलीबाट गरिने समेत रिपोर्टमा उल्लेख छ।

अस्पताल प्रादेशिक अस्पतालको अवधारणमा रहेन छ। केन्द्रीय अस्पताल रहेको प्रदेश बाहेकका बाँकी ६ वटै प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरुसँग समेत सहकार्य गर्ने गरी सुरुमा ५० शय्या क्षमताका बाल अस्पतालहरु विस्तार गर्ने रिपोर्टमा उल्लेख छ।

अस्पताल चक्रपथ नारायणगोपाल चोकबाट २ किलोमिटर उत्तरतर्फ रहेको छ। अस्पतालको भवन आरसीसी फ्रेमको हुनेछ।  पाँच तले (भुइँतल्लासहित) भवनको अस्पतालमा १ सय २० वटा कार पार्किङ क्षमता रहनेछ। अपाङ्गता मैत्री संरचनासहित ४ वटा लिफ्ट अस्पताल भवनमा रहनेछ। 

५ अर्ब ९३ करोडको लगानीमा तीनकुनेमा ३ सय शैय्याको 'काठमाडौं इन्टरनेशनल अस्पताल

काठमाडौं तीनकुनेमा निर्माण हुने ३ सय शैय्या काठमाडौं इन्टरनेशनल अस्पतालमा ५ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।  भवन बेसमेन्टसहित सात तल्लाको निर्माण हुनेछ। १ सय ५० वटा चार पांग्रे र २ सय वटा २ पांग्रे सवारी पार्किङ क्षमता रहने रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा ओपीडी सेवा वर्ष दिनमा ३ सय दिन र आपतकालीन सेवा ३ सय ६५ दिन नै सञ्चालन हुने उल्लेख छ छ। अस्पतालले भूमिगत पानीदेखि काठमाडौं उपत्याका खानेपानीले वितरण गरेको पानी प्रयोग गर्नेछ।

अस्पताल निर्माणका लागि गरिएको लगानी करिब ८ वर्षमा उठ्ने रिपोर्टमा उल्लेख छ। १२.४३ रोपनी जग्गामध्ये २४ सय ६८ वर्गमिटरमा अस्पतालको संरचना निर्माण हुनेछ। भवनको उचाई ३७.७० मिटर हुनेछ।

३ अर्ब ५० करोडको लगानीमा पतंजली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टर निर्माण हुने

काभ्रेको धुलिखेलमा पतंजलि आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टर निर्माण हुने भएको छ। कलेज तथा रिसर्च सेन्टर निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट समेत सार्वजनिक भइसकेको छ। मेडिकल कलेज तथा रिसर्च सेन्टर धुलिखेल नगरपालिका वडा नम्बर ३ मा निर्माण हुने छ।  कलेज तथा रिसर्च सेन्टरमा २ सय शैयाको संरचना बन्ने छ। निर्माणमा ३ अर्ब ५० लाख रुपैयाँ लाग्ने अनुमान भएको छ।

कलेज तथा रिसर्च सेन्टरमा २ सय ५० विद्याथी क्षमता रहने छ। पहिलो वर्षका लागि ५० विद्यार्थी भर्ना हुने छ।

कलेज तथा रिसर्च सेन्टरमा १५ वटा भवन निर्माण हुनेछ।  भवन निर्माणमा १०८ रोपनी जग्गा प्रयोग हुनेछ। अस्पताल निर्माण ३ वर्षमा सम्पन्न हुने लक्ष्य छ। हाल ३ वटा भवन निर्माण भइसकेको छ भने १२ वटा भवन निर्माण हुन बाँकी छ। 

images

प्रकाशित : शुक्रबार, साउन १९ २०८००२:०१

प्रतिक्रिया दिनुहोस