सोमबार, असोज ८ गते २०८०    

हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति?

images
बिजनेस न्युज
हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति?

हवाई इन्धनको मूल्य वृद्धि भएपछि निजी वायुसेवा कम्पनीहरुले हवाईभाडा पनि बढाएका छन्। कम्पनीहरुले उडान गन्तब्यमा फ्युल सरचार्ज वृद्धि भएको हो।

images

काठमाडौं- हवाई इन्धनको मूल्य वृद्धि भएपछि निजी वायुसेवा कम्पनीहरुले हवाईभाडा पनि बढाएका छन्। कम्पनीहरुले उडान गन्तब्यमा फ्युल सरचार्ज वृद्धि भएको हो।

images

आयल निगमले हवाई इन्धनको पाँच रुपैयाँ बढाएपछि सरचार्ज वृद्धि भएको हो। वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको छ। प्राधिकरणले स्विकृत गरेलगत्यै नयाँ भाडादर लागू हुने छ। 

images

गत अक्टोबर ३० तारिख अगाडि प्रति लिटर ८६ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १० रुपैयाँले वृद्धि भइ ९६ रुपैयाँ कायम गरिएको थियो। आयल निगमले यसको ठिक १० दिनपछि (नोभेम्बर १० तारिख) मा पाँच रुपैयाँ वृद्धि गरी लिटरको एक सय एक रुपैयाँ कायम गरेको हो।

images

कहाँ कति बढ्यो भाडा ? 

images

काठमाडौं–माउन्टेन     १७०
काठमाडौं–पोखरा        ८०
काठमाडौं–भैरहवा       १०५
काठमाडौं–विराटनगर   १२०
काठमाडौ–भद्रपुर        १५०
काठमाडौं–नेपालगञ्ज    १६०
काठमाडौं–जनकपुर     ६५
काठमाडौं–सिमरा        ४५
काठमाडौं–भरतपुर      ५५
काठमाडौं–तुम्लिङटार   ९०

 

 

images

प्रकाशित : शनिबार, कात्तिक २७ २०७८०८:५१
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ