शनिबार, वैशाख १५ गते २०८१    
images
images

नक्कली लालपुर्जामा १९ करोड : मूल्यांकनकर्ता पक्राउ परे तर कर्जा दिनेलाई उन्मुक्ति

images
images
images
नक्कली लालपुर्जामा १९ करोड : मूल्यांकनकर्ता पक्राउ परे तर कर्जा दिनेलाई उन्मुक्ति

नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ निकालिएको प्रकरणमा मूल्यांकनकर्ता पक्राउ पर्दा कर्जा स्वीकृत गर्ने काठमाडौंस्थित न्यूरोड शाखाका कर्मचारी साथै केन्द्रीय कार्यालयका कर्मचारीलाई उन्मुक्ति दिन खोजिएको छ।

images
images

काठमाडौं- गायक योगेश्वर अमात्यको बाराको १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर कर्जा लिएको प्रकरणमा मूल्यांकनकर्ता पक्राउ पर्दा कर्जा स्वीकृत गर्नेलाई भने उन्मुक्ति दिन खोजिएको छ।

images
images
images

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ निकालिएको प्रकरणमा मूल्यांकनकर्ता पक्राउ पर्दा कर्जा स्वीकृत गर्ने काठमाडौंस्थित न्यूरोड शाखाका कर्मचारी साथै केन्द्रीय कार्यालयका कर्मचारीलाई सामान्य सोधपुछ गरेर छाडिएको छ।

images

सामान्यत: १ करोड रुपैयाँभन्दा बढी कर्जाका लागि केन्द्रीय कार्यालयबाट स्वीकृति लिने बैंकहरूको नियम रहेको देखिन्छ। यस्तोमा १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर १९ करोड रुपैयाँ दिँदा बैंकको केन्द्रीय कार्यालयमा नै कागजात पुगेर स्वीकृति दिँदा पनि अनुसन्धानमा भने कर्जा दिनेलाई नै उन्मुक्ति दिन खोजिएको छ। उनीहरू सामान्य सोधपुछमा बोलाइए पनि कानूनी रुपमा स्वतन्त्र बनिरहेका छन्।

images

अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्जा दिनेलाई उन्मुक्ति दिएर फाइल पेश गरिसकेको छ। २१ दिनमा अनुसन्धान सकेर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान फाइल पेस गरेको हो। जहाँ लिखतसम्बन्धी कसुरको सरकारी कागजात कीर्तेमा कुमारी बैंकको पर्सा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसन प्रधानलाई विपक्षी बनाइएको छ।

images
images

त्यस्तै पर्सा शाखाकै सहायक म्यानेजर राजेश साह, शोभा श्रेष्ठसहति चार जनालाई फरार प्रतिवादी बनाइएको छ। तर कर्जा स्वीकृतमा मुख्य जिम्मेवार देखिएका न्यूरोड शाखा र केन्द्रीय कार्यालय नक्सालका कर्मचारी भने प्रतिवादीमा छैनन्।

कुमारी बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनासँग प्रहरीले दुईपटक बयान भने लिएको थियो। तर उनीसँगको बयान कतै उल्लेख नहुँदा त्यो सामान्य सोधपुछका रुपमा मात्र बुझिएको छ। बयानका क्रममा उनले बैंककै कर्मचारीको समेत कमजोरीका कारण किर्ते कागजातमा कर्जा लगानी भएको र बैंकले थाहा पाउनासाथ खराब कर्जा सल्टाइसकेको बयान दिएका थिए। 

गत साउनमा कर्जा दिँदा बैंकको केन्द्रीय कार्यालयले समेत स्वीकृति दिएको थियो। कुमारी बैंकको न्यूरोड शाखाबाट डेनियल ट्रेडिङ्सका सञ्चालक एसकुमार महर्जन र मुक्तिनाथ गौतमलाई १९ करोड कर्जा दिएको थियो।

कर्जा दिनु पहिले वीरगन्जस्थित शाखाका कर्मचारीलाई जग्गा हेर्न पठाएको थियो। तर त्यहाँका कर्मचारीले फिल्डमा नपुगि प्रमाणित गरेको पाइएको छ। तर उनीहरूले धितोमा राखेको जग्गा गायक अमात्य दम्पत्तिको नाममा रहेको विलुवा भूमि वन नामक कम्पनीको नाममा छ। 

डाइनमिक कन्सलटेन्सिले उक्त १२ बिघा जग्गाको ३८ करोडको भ्यालुयसन गरेको थियो। बैंकले भ्यालुयसनको ५० प्रतिशत ऋण लगानी गर्छ। कन्सलटेन्सीका राजेश्वर चौरासियाले १९ करोड कर्जा दिन सकिने सिफारिस गरेका थिए।  

सोही सिफारिस अनुसार केन्द्रीय बैंकले स्वीकृति दिएपछि न्युरोड शाखाले १९ करोड रुपैयाँ कर्जा दिएको थियो। 

यस प्रकरणमा नेपाल राष्ट्र बैंकले कुमारी बैंकमाथि छानबिन गरिरहेको छ।

images

प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०२:२२

प्रतिक्रिया दिनुहोस