बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

भीजी इम्पेक्स र प्रभु बैंकबीच सम्झौता, जीडब्लूएमको ओरा ०३ ईभी मा ८० प्रतिशतसम्म कर्जा सुविधा 

images
बुधबार, साउन १७ २०८०
images
images
भीजी इम्पेक्स र प्रभु बैंकबीच सम्झौता, जीडब्लूएमको ओरा ०३ ईभी मा ८० प्रतिशतसम्म कर्जा सुविधा 

यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्षको हुने छ भने विशेष अवस्थामा यो ७ वर्षसम्म बढाउन सकिनेछ। थप रूपमा ०.७५ प्रतिशतको प्रशासन शुल्क बैंकद्वारा चार्ज हुनेछ।

images
images

काठमाडौं- भीजी इम्पेक्स प्रालि नेपालमा जीडब्लूएम सवारीसाधनहरुको आधिकारिक आयातकर्ताले एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ। जीडब्लूएमको विद्युतीय कार ओरा ०३ को लागि वित्तीय (फाइनान्सिङ) गर्ने सम्झौता भएको हो। 

images
images

उक्त सम्झौतामा बुधाबार भीजी इम्पेक्स-जीडब्लूएम नेपालका भाइसप्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन्। जीडब्लूएमको विद्युतीय कार ओरा ०३ खरिद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ सुविधा प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको कम्पनीले जनाएको छ। 

images
images

प्रभु बैंकले १२.०६ प्रतिशत ब्याज दरसहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ। अटो लोन फाइनान्सिङको लागि बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने छ। 

images
images

यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्षको हुने छ भने विशेष अवस्थामा यो ७ वर्षसम्म बढाउन सकिनेछ। थप रूपमा ०.७५ प्रतिशतको प्रशासन शुल्क बैंकद्वारा चार्ज हुनेछ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्। 

जीडब्लूएम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, विंगल५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ। अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जीडब्लूएम नेपालले ग्रेट वाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेकोे छ।

नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा, भीजी इम्पेक्सले जीडब्लूएमको विश्वव्यापी लाईन–अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ।

भर्खरै जीडब्लूएम नेपालले विद्युतीय सवारी साधान अन्तर्गत ओरा ०३ नेपाली बजारमा सार्वजनिक गरेको छ। अहिले उपलब्ध टेष्ट ड्राइभहरू मार्फत रेट्रो आधुनिक शैली, उच्च-स्तरीय सुरक्षा मापदण्डहरू, आरामदायी सुविधाहरू, र अभूतपूर्व प्रविधि मिश्रित आकर्षण रहेको छ। 


प्रकाशित : बुधबार, साउन १७ २०८०१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend