शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

बीवाईडीले सीकेडी ल्याएर कार एसेम्बल गर्दा कर छलेको भन्दै भारतले थाल्यो अनुसन्धान

९० लाख डलर छली गरेको डीआरआईको प्रारम्भिक निष्कर्ष

images
बुधबार, साउन १७ २०८०
images
images
बीवाईडीले सीकेडी ल्याएर कार एसेम्बल गर्दा कर छलेको भन्दै भारतले थाल्यो अनुसन्धान

डीआरआईले कर छली बारे अनुसन्धान जारी रहेको जनाएको छ। बीवाईडीले थप कर तिर्नुपर्ने हुनसक्ने र कर छली गरेको प्रमाणित भएमा त्यतिनै रकम जरीवाना समेत तिर्नुपर्ने हुनसक्छ। 

images
images

काठमाडौं- चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले भारतमा समेत कर छली गरेको पाइएको छ।

images
images

नेपालमा पनि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पुरानो कार विद्युतीय कार कम मूल्यमा ल्याएर अधिक मूल्यमा बिक्री गरेको थियो। हाल बीवाईडीले भारतमा सीकेडी (कम्प्लिटली नक्ड डाउन) आयात गरेर विद्युतीय कार एसेम्बल गरि बिक्री गरिरहेको छ। बीवाईडीको एसेम्बल प्लान्ट चेन्नइ नजिकै श्रीपेरुमबदुरमा रहेको छ।

images
images

चीनबाट एसेम्बलका लागि सीकेडी आयात गरेर कार बनाएर बिक्री गर्दा बीवाईडीले कर छली गरेको भेटिएको हो। भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई) कर छली गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। डीआरआईले बीवाईडीले सीकेडी ल्याएर कार एसेम्बल गर्दा ९० लाख अमेरिकी डलर कर छली गरेको पाइएको दाबी गरेको छ। 

images
images

डीआरआईको उक्त निष्कर्षपछि बीवाईडीलाई जानकारी गराएसँगै कम्पनीले धरौटीस्वरुप रकम जम्मा गरिसकेको छ। डीआरआईले कर छलीबारे अनुसन्धान जारी रहेको जनाएको छ। बीवाईडीले थप कर तिर्नुपर्ने हुनसक्ने र कर छली गरेको प्रमाणित भएमा त्यति नै रकम जरिवानासमेत तिर्नुपर्ने हुनसक्छ। 

बीवाईडीलाई हालसम्म डीआरआईले औपचारिक सूचना भने दिएको छैन। बीवाईडीले डीआरआईको प्रारम्भिक निष्कर्षमाथि चुनौती पनि दिनसक्छ। तर बीवाईडीले डीआरआईको प्रारम्भिक निष्कर्षकै आधारमा धरौटी जम्मा गरिसकेकाले बीवाईडी अदालती प्रक्रियामा नजाने आकलन गरिएको टाइम्स अफ इन्डियाले लेखेको छ।

बीवाईडी पछिल्लो समय भारतीय बजारमा विद्युतीय कार विस्तारका लागि आक्रामक हुँदै थियो। उसमाथि कर छलीको चार्ज लागेपछि बजार विस्तारमा ब्रेक लाग्ने अनुमानसमेत गरिएको छ। 

छिमेकीसमेत रहेको चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार पनि हो। सुरक्षा चुनौती भन्दै भारतले चिनियाँ लगानीमाथि सुक्ष्म अध्ययन गर्दै आएको छ अथवा भनौँ घुमाउरो तरिकाले अस्वीकृत गरिरहेको छ। 

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले भारतमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना भारत सरकार समक्ष पेस गरेको थियो। भारतमै विद्युतीय कार तथा ब्याट्री उत्पादन गर्ने योजनासहित बीवाईडीले उक्त प्रस्ताव गरेको थियो। तर भारत सरकारले बीवाईडीको उक्त प्रस्तावलाई प्रारम्भमै रातो झण्डा देखाएको थियो।

बीवाईडीले स्थानीय साझेदारसँगको संयुक्त उपक्रममा १ अर्ब डलर लगानी गरेर विद्युतीय कार र ब्याट्री बनाउन चाहेको प्रस्ताव गरेको थियो। गत साता भारत सरकराले बीवाईडीको उक्त लगानी प्रस्ताव औपचारिक रुपमै अस्वीकृत गरेको हो। 

भारतको आन्तरिक बजार र बाह्य मामिलामा असहज हुने भएकाले उक्त लगानी स्वीकार गर्न भारत सरकार सहमत हुन नसकेको हो। यस्तो खालको स्वीकार्यताले भारतको बजारसँगै सुरक्षा चुनौती र अन्य यस्तै क्षेत्रमा प्रभाग पर्ने जिकिर भारत सरकारको छ। 

हाल भारतमा भारतीय कम्पनीसँग संयुक्त उपक्रममा रहेका चिनियाँ कम्पनीहरुमध्ये कयौँमा सरकारी लगानी पनि भएकाकोमा उनीहरुको नियन्त्रणमा रहेको दाबी भारतीय अधिकारीहरुको छ। यस्ता संयुक्त उपक्रमहरुमा भएका कम्पनीहरुमा भारतीय साझेदारहरु डमीका रुपमा मात्र हुने गरेको भारतको निष्कर्ष छ। यस्ता कम्पनीको प्रविधि, निर्णय तथा क्रिटिकल अवस्थामा लिइने निर्णय चिनियाँकै हुने गरेको छ। 

भारतको हैदराबादमा रहेको एक निजी कम्पनी मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर र बीवाईडीले भारतीय नियामकमा १ अर्ब डलर लगानीमा विद्युतीय कार र ब्याट्री उत्पादनको स्वीकृतिका लागि निवेदन दिएको थियो। 

भारतमा उत्पादनको स्वीकृति पाए अमेरिका बाहेकका विश्वका अधिकांश देशमा भारत उत्पादित कार निर्यात गर्ने दाउ बीवाईडीको थियो। यसअघि पनि भारत सरकारले अर्को चिनियाँ कम्पनीको १ अर्ब डलर एफडीआई स्वीकृत गर्न आनाकानी गरेर टारिदिएको थियो। सो कम्पनीको एफडीआई स्वीकृत गर्नु साटो भारत सरकारले एफडीआई नीति नै कसिलो बनाएको थियो। 

त्यस्तै चिनियाँ कम्पनीको स्वामित्वमा रहेको अर्काे एक कम्पनीले पनि भारतमा चुनौती खेपिरहनु परेकाले कम्पनीको बहुमत सेयर स्वामित्व बिक्री गर्ने योजना बनाएको छ। त्यसका लागि सो कम्पनीले साझेदार खोजिरहेको छ।  

ब्रान्डप्रति विश्वस्त बीवाईडी उपभोक्ता आधिकारिक बिक्रेतासँग सधैँ सशंकित  ब्रान्डप्रति विश्वस्त बीवाईडी उपभोक्ता आधिकारिक बिक्रेतासँग सधैँ सशंकित 


प्रकाशित : बुधबार, साउन १७ २०८०११:३२
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी
  • # byd
  • # cimex
  • # #BYD


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend